२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

त्रिपुरको विकासका लागि रेडियो तथा सांस्कृतिक कार्यक्रम गर्ने

२०७२, २९ मंसिर मंगलवार ०२:१५

pathashala radioबिष्णुकुमार देवकोटा/मङ्सिर २९, नारायणपुर । “त्रिपुरको समग्र बिकासका लागि रेडियो पाठशालाको शैक्षिक तथा साँस्कृतिक ऐक्यबद्धता” भन्ने मुल नाराका साथ त्रिपुर नगरपालिका वडा नं १० स्थित नरदेवि मा.वि. तेघरामा पौष २४ र २५ गते दुई दीवसिय शैक्षिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

साविक हपुर ,ढिकपुर र नारायणपुरको ऐकिकृतरुप त्रिपुर नगरपालिका स्थापना भएपछि जनस्तरमा एकिकृत त्रिपुरको अबधाराणालाई स्थापित गराउन र समग्र त्रिपुरको बिकासमा सहयोग पुर्याउन कालागि कार्यक्रम आयोजना गर्नलागिएको रेडियो पाठशाला नेपाल १०४ मेगाहर्जका स्टेसन म्यानेजर बामदेव देवकोटाले जानकारी दिनुभयो ।

रेडियो पाठशालाको आयोजना तथा त्रिपुर मिडिया सेन्टरको संयोजन तथा नरदेवी मा.वि. तेघराको व्यवस्थापनमा आयोजना गर्नलागिएको कार्यक्रमलाई सभ्य र भव्य रुपले सफलपार्नका लागि युवा नेता दिपक पाण्डेको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । जसको सह संयोजकमा स्टेसन म्यानेजर बामदेव देवकोटा रहनु भएको छ ।

यसैगरी कार्यक्रमलाई सफलपार्न का लागि विभिन्न उप समितिहरुपनि गठन गरिएको छ जस अनुसार कार्यक्रम संयोजकमा रेडियो पाठशालाका समाचार सह सम्पादक बिष्णुकुमार देवकोटा रहनुभएको छ ।

यसैगरी चलचित्रकर्मी यम बहादुर पुनको संयोजकत्वमा साँस्कृति संयोजन समिति गठन गरिएको छ जस्को सह संयोजकमा सि.अ.ना. कलाकेन्द्र तुलसिपुरका संरक्षक लोकराज लामिछाने रहनुभएको छ ।

यसैगरी कार्यक्रमको व्यवस्थापन समितिको संयोजकमा नरदेवि मा.वि. तेघराका बिद्यालय व्यवस्थापन समितिका सदस्य सविन शाह रहनुभएको छ ।

कार्यक्रमलाई शसक्त प्रचारप्रसार गरी सफल पार्नका लागि संचारकर्मी आर.के. सितलको संयोजकत्वमा प्रचारप्रसार समिति निर्माण गरिएको छ जस्को सह संयोजकमा त्रिपुर मिडिया सेन्टरका सदस्य सुनिल बि.क.रहनुभएको रेडियो पाठशालाले जनाएको छ ।

केन्द्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसहित आयोजनाहुने कार्यक्रमलाई सफलपार्न सम्पुर्ण त्रिपुर बासिहरुमा मूलसमितिका संयोजक दिपक पाण्डेले आग्रह गर्नुभएको छ । कार्यकमबाट संकलित रकम मध्य निस्चित प्रतिसत रकम बिद्यालयको शैक्षिक सुधारका लागि खर्च गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट