२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीद्वारा वलीमाथि आक्रमण

२०७२, २९ मंसिर मंगलवार ०२:२१

oliसन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वलीमाथि सोमबार तुलसीपुरमा अज्ञात समुहले सांघातिक आक्रमण गरेको छ ।

प्रालिले आक्रमणकारीको पहिचान गरि कानुनी दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

मालिका कालिका यातायात प्रा.लि. तुलसीपुरका महासचिव गेहेन्द्र वली माथि सांघातिक आक्रमण भएको छ । मध्याह्न करिब १२ बजे तुलसीपुरको वेष्टन पाटी प्यालेस नजिकै बाटो कुरेर बसेका २ जना युवाले आफूमाथि आक्रमण गरेको वलीले जानकारी दिए ।

अज्ञात समुहले मोटरसाइकलमा सवार वली माथि रडले अन्धाधुन्ध प्रहार गरेको प्रहरीले जनाएको छ । वलीको अवस्था सामान्य छ । आक्रमणकारीको प्रहरीले खोजी गरिरहेको छ ।

यसैबीच मालिका कालिका यातायात प्रा.लि.ले महासचिव गेहेन्द्र वली माथि राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समितीले आक्रमण गरेको आरोप लगाएको छ ।

महासचिव वली माथि आक्रमण भएपछि प्रालिले सोमबार नै तुलसीपुरमा पत्रकार सम्मेलन गरी महासचिव वली माथि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितीले आक्रमण गरेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा मालिका कालिका यातायात प्रालिका उपाध्यक्ष राजविक्रम आरसीले महासचिव वली माथि राप्ती समितिले सुनियोजित रूपमा आक्रमण गराएको दावी गर्दै आफूहरू राप्ती समिति बिरूद्द कानुनी उपचार खोज्ने बताउनु भयो । उहाँले आफूहरूले राज्यको नियम मानेर सुबिधा युक्त बस संचालन गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रालिका कोषाध्यक्ष रम्बा वलीले अघिल्लो दिन राप्ती समितिले पत्रकार सम्मेलन गरि आफ्नो प्रालिलाई संचालन हुन नदिन भेतिक रूपमा अघि बढ्ने घोषणा गरि भोलिपल्ट आक्रमण गरेको दावी गर्नुभयो । महासचिव वलीले पनि राप्ती समितिले योजना बिरूद्द आफूमाथि आक्रमण गराएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते