२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका गरिब परिवारलाई समृद्ध नेपालद्वारा नि:शुल्क लत्ताकपडा वितरण

२०७४, १७ माघ बुधबार १५:३७

माघ १७, कपिलवस्तु | अति गरिब, निमुखा, विपन्न, असहायहरूको लाागि नि:शुल्क लत्ताकपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वार्ड नम्बर-३, सुकुम्बासी टोल मदवा गाउँमा उक्त कपडा वितरण गरिएको हो ।

जब्स ग्लोबलका संचालक चन्द्र सिङ अदैको बिशेष सहयोगमा समृद्ध नेपाल, काठमाडौँले उक्त कपडा कपिलवस्तु पठाएको थियो । उक्त कपडा करिब १ सय घरपरिवारलाई वितरण गरिएको हो । जाडोको समयमा लत्ताकपडा बिना चिसोले गर्दा कोहि पनि मानिसले ज्यान गुमाउन नपरोस र सबैलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको बताइएको छ । "सेवा नै धर्म हो" भन्ने नारा सहित चिसोको याममा गरिब परिवारलाई उक्त कपडा वितरणको कार्यक्रम आयोजना गरिएको छ । 

    

कपिलवस्तुमा कपडा वितरण कार्यक्रम बिगुल बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ज्ञान बहादुर जी.सीको प्रमुख अतिथ्यितामा सम्पन्न भएको छ । कार्यक्रममा थारु पत्रकार राम अवतार चौधरी तथा वडा सदस्य झबिसरा सुनारको अतिथ्यिता, जीत बहादुर वि.सीकाको संयोजकत्व र वडा प्रहरी कार्यालय चन्द्रौटाको नायब प्रहरी निरीक्षक ऋषिराम दहालको सहजीकरण रहेको थियो ।


त्यसैगरी उक्त कपडा जिल्लाकै विभिन्न ठाउँमा नि:शुल्क वितरण कार्यक्रम भैरहँदा शिवराज न.पा ७, जवाभारी गाउँमा पनि लगभग ७० अति गरिब, निमुखा, विपन्न, असहाय घर परिवारलाई वितरण गरिएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष अनुप कुमार चौधरीको प्रमुख अतिथ्यिता, जवाभारी स्वास्थ्य चौकीका इन्चार्ज पूर्णिमा खनालको अतिथ्यिता, जीत बहादुर बि.सीको संयोजकत्त्व र वडा कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक ऋषिराम दहालको सहजीकरणमा सम्पन्न भएको जीत बहादुर बि.सीले जानकारी गराएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा