२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत: बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिबद्धता

१७ माघ २०७४, बुधबार १६:१६

माघ १७, सुर्खेत । सुर्खेतमका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले अपाङ्गता भएका बालवालिकाहरुलाई पुर्नस्थापनामा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

बुधवार विंग्स फाउण्डेशनको परिचयात्मक कार्यक्रममा डा. केसीले सुरु गरेको न्यानो सुर्खेत अभियानको समेत सह्राना गर्दै उनीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

डा.केसीले विगत १ वर्षदेखी विंग्स फाउण्डेशन मार्फत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच, न्यानो कपडा वितरण र स्टेशनरी सामग्री प्रदान जस्ता विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । 

कार्यक्रममा डा.केसीले अवका दिनमा समाजमा कुनैपनि कारणवाट अपाङ्गता भएका बालवालिकाहरुलाई पुर्नस्थापना गर्नका लागि सरोकारवालाहरु एक जुट भई काम गर्नुपर्ने वताए। उनले १ वर्षको अवधिमा विंग्स फाउण्डेशन नेपालमा १ सय २८ जना बालबालिकाहरु आएको वताए ।

बुधवार संस्था परिचय कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकालगायत सरोकारावाला पक्षहरुले अपाङ्गताभएका बालबालिकाहरुको लागि थालिएको कामलाई सक्ने सहयोग गर्ने बचन दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, जिल्ला शिक्षा कार्यालयका भोजप्रसाद लम्साल, सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइराला, विश्व स्वास्थ्य संगठनका डा. दिपेश श्रेष्ठ, मप क्षेत्रीय अस्पतालका डा. रुपक कँडेल, वातावरण सहकारीका अध्यक्ष तेजप्रसाद पौडेललगायतले गच्छे अनुसारको सहयोग गर्ने बचन दिएका छन् ।

डा. केसीले सुर्खेतका विपन्न बस्तीहरुमा पुगेर बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य जाँच गर्नुका साथै न्यानो कपडा पनि वितरण गर्ने गरेका छन् । 

उनले अति विपन्न बालबालिका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको लागि आफूले फाउण्डेशनको स्थापना गरेको बताए ।महिला तथा बालबालिका कार्यालयको नीतिभित्र रही अति विपन्न, आमा बाबु नभएका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरिने विंग्स फाउण्डेशनका सचिव किरण बस्नेतले बताए । 

उक्त अभियानबाट वराहताल गाउँपालिकाको अतिविपन्न समुदायको बसोबास रहेको वडा नं. १, २, ३, ४, ९ र १० मा स्वास्थ्य शिविर र स्टेशनरी वितरण गरिसकिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य