२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मालिका कालिका यातायात प्रालि माथि चरणबद्ध आक्रमण

२९ मंसिर २०७२, मंगलवार ०७:४८

सन्तोषकुमार गुप्ता.मंसिर २९, दाङ्ग । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वली माथि आक्रमण भएको भएको २४ घण्टा बित्न नपाउँदै सञ्चालनको तयारीमा रहेको मालिका—कालिका यातायात प्रालि तुलसीपुर दाङको टिकट काउन्टरमा मंगलबार राती तोडफोड भएको छ । तोडफोडबाट बुकिङ काउण्टरको सम्पूर्ण सिसाहरु फुटेको छन् ।
todfodसटर बाहिर रहेको काउन्टरमा तोडफोड र वोर्डहरु च्यातिएको छ । त्यसैगरी तोडफोड गर्नेहरुले प्रधान कार्यालयको बोर्ड समेत निकालेर लगेका छन् । प्रहरीले तोडफोड गर्नेहरुको पहिचान नभएको बताएको छ । उता प्रालिले भने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा काउन्टरमा तोडफोड भएको आरोप लगाएको छ । मालिका—कालिका यातायात प्रालिले छिट्टै दाङ काठमाडौका लागि डिलक्स बसहरु सञ्चालन गर्ने तयारी गरिरहदा आफुहरु माथी आक्रमण र तोडफोड भएको बताएको छ । सोमबार पनि दिउसो आफ्ना महासचिब गेहेन्द्र वली माथी आक्रमण भएको प्रालीले पत्रकार सम्मेलन गरेर प्रतिक्रिया दिएको थियो ।

todfod 1
यातायात सेवामा नयाँ प्राली दर्ता गरेर मालिका कालिका यातायात आएपछि राप्ती सार्वजनिक यातायात समिति, अम्बिकेश्वरी समिति, ट्याक्सी तथा मिनि माईक्रो बस समिति आक्रोशित बनेका छन् ।

उनीहरुले आईतबार पत्रकार सम्मेलन गर्दै प्रालिलाई सञ्चालनमा रोक लगाउदै आफ्नो सेवामा गुणस्तरीयता थप्ने बताएको थियो ।

todfod 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य