२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अवरुद्ध रहेको सातबिसे इलाका प्रशासनको सेवा सञ्चालनमा

१८ माघ २०७४, बिहीबार ०७:३८

माघ १८, नुवाकोट | गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ । 

इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको हो । 

निमित्त प्रमुख रहेका ऋषेश्वर न्यौपाने काज अवधि पूरा भएसँगै बन्द भएको सेवा उहाँलाई नै निमित्त दिएर सेवा प्रवाह शुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । इलाका कार्यालयको लागि अधिकृतको दरबन्दी भए पनि गृहमन्त्रालयबाट पदपूर्ति नहूदा रोकिँदै आएको सेवा तत्कालको लागि पुनः अघि काजमा रहेका न्यौपानेलाई जिम्मेवारी दिइएको छ । 

जिल्लाको दुर्गम तथा भौगोलिकरुपमा कठिनाइ रहेका स्थानका नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना भएको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिक सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुर धाउन बाध्य हुँदै आएका थिए । 

इलाका प्रशासनबाट दुप्चेश्वर गाउँपालिकाको सबै वडा, तादी गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ३ र ४ गरी १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । कार्यालयबाट नागरिकता, नाबालका परिचयपत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिशलगायतको सेवा उपलब्ध गराउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य