२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अवरुद्ध रहेको सातबिसे इलाका प्रशासनको सेवा सञ्चालनमा

२०७४, १८ माघ बिहीबार ०७:३८

माघ १८, नुवाकोट | गत माघ ८ गतेदेखि अवरुद्ध रहेको इलाका प्रशासन कार्यालय सातबिसे कार्यालय आजदेखि सञ्चालनमा आएको छ । 

इलाका प्रशासन कार्यालयमा अधिकृत प्रमुख रहने दरबन्दी भए पनि पदपूर्ति नहुँदा काजमा रहेका नायब सुब्बाको कार्यकाल पूरा भएपछि बन्द भएको कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको हो । 

निमित्त प्रमुख रहेका ऋषेश्वर न्यौपाने काज अवधि पूरा भएसँगै बन्द भएको सेवा उहाँलाई नै निमित्त दिएर सेवा प्रवाह शुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । इलाका कार्यालयको लागि अधिकृतको दरबन्दी भए पनि गृहमन्त्रालयबाट पदपूर्ति नहूदा रोकिँदै आएको सेवा तत्कालको लागि पुनः अघि काजमा रहेका न्यौपानेलाई जिम्मेवारी दिइएको छ । 

जिल्लाको दुर्गम तथा भौगोलिकरुपमा कठिनाइ रहेका स्थानका नागरिकलाई सहजरुपमा सेवा उपलब्ध गराउन स्थापना भएको इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिक सेवा लिन जिल्ला प्रशासन कार्यालय विदुर धाउन बाध्य हुँदै आएका थिए । 

इलाका प्रशासनबाट दुप्चेश्वर गाउँपालिकाको सबै वडा, तादी गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा पञ्चकन्या गाउँपालिकाको वडा नं ३ र ४ गरी १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ । कार्यालयबाट नागरिकता, नाबालका परिचयपत्र, आदिवासी–जनजाति सिफारिश, प्रमाणित सिफारिशलगायतको सेवा उपलब्ध गराउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला