२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा पुनः घर सर्वेक्षण नसकी इन्जिनियर फिर्ता

२०७४, १८ माघ बिहीबार १०:३६

माघ १८, सिन्धुली | गत २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट सिन्धुलीमा धेरैको घर भत्किए पनि प्राधिकरणले यहाँका भूकम्पपीडितको गुनासो अझै सम्बोधन गर्न सकेको छैन । 

सरकारले भूकम्प प्रभावित जिल्लामा छुट तथा पुनः सर्वेक्षण गरी भूकम्पपीडितलाई लाभग्राहीको सूचीमा समावेश गर्ने बताए पनि भूकम्पपीडितका घरमा छुट तथा पुनः सर्वेक्षण नै नगरी इन्जिनियर फिर्ता बोलाइएको छ । 

जिल्लामा युएनओपिएस नामक विदेशी संस्थाको आर्थिक सहयोगमा रियल सोलुसन कन्सल्टेन्ट काठमाडौँले छुट तथा पुनः सर्वेक्षणको जिम्मा लिएको थियो । सो क्रममा २०७४ भदौ २ गतेदेखि ६० इन्जिनियर र २५ सामाजिक परिचालकलाई परिचालन गरेको थियो । इन्जिनियर तथा सामाजिक परिचालकले जिल्लाका केही स्थानमा मात्र छुट तथा पुनः सर्वेक्षण गरेका थिए तर सर्वेक्षणकै क्रममा रहेका इन्जिनियर तथा सामाजिक परिचालकलाई अब परियोजना सकिएको भन्दै कात्तिक २१ गतेदेखि फिर्ता बोलाइएको हो । 

रियल सोलुसन कन्सल्टेन्सीले झण्डै २२ हजार भूकम्पपीडितको गुनासोका आधारमा घर सर्वेक्षण गरेको बताएको छ । जिल्लाका धेरै स्थानमा गुनासाका आधारमा पुनः सर्वेक्षण गरिए पनि जिल्लाको कमलामाई नगरपालिका–१४, दुधौली नगरपालिका–१, ६, ७, ८ र १०, तीनपाटन गाउँपालिका–५ लगायतका स्थानमा अझैसम्म पनि छुट तथा पुनः सर्वेक्षण नभएको भूकम्पपीडितको गुनासो छ । 

भूकम्पपीडितले आफू वास्तविक भूकम्पपीडित भए पनि प्राधिकरण तथा सर्वेक्षणमा खटिएका इन्जिनियरको लापरबाहीले आफूहरू लाभग्राहीको सूचीमा नपरेको भन्दै झण्डै २९ हजार घरपरिवारले तत्कालीन गाउँ विकास समितिको कार्यालयमा गुनासो फाराम भरी बुझाएका थिए । गुनासो फाराम भरेको दुई वर्ष बितिसक्दा पनि पुनःनिर्माण प्राधिकरणले त्यस्ता पीडितको गुनासो उचित तवरले सम्बोधन गर्न सकिरहेको छैन । 

तत्कालीन स्थानीय प्रशासनले घर भत्केकालाई रु १० हजार र रु १५ हजार राहतस्वरुप प्रदान गर्न विश्वसनीय र वास्तविक भूकम्पपीडितको पहिचानका लागि प्राधिकरणले जिल्लामा इन्जिनियर खटाएको थियो तर इन्जिनियरले वास्ताविक भूकम्पपीडितलाई छुटाई घर सर्वेक्षण गर्दा आफू लाभग्राहीको सूचीबाट वञ्चित हुनुपरेको भूकम्पपीडित बताउँछन् । 

यता पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय प्रमुख वासुदेव हुमागार्इंले पुनः सर्वेक्षण गर्न छुटेका भूकम्पपीडितका बारेमा पुनःनिर्माण प्राधिकरणलाई बारम्बर जानकारी गराएको बताउनुभयो । प्राधिकरणले नै सर्वेक्षणको कार्यमा समयमा नै चासो नदेखाउँदा जिल्लास्तर तथा वडास्तरबाट पुनः सर्वेक्षणका लागि गुनासो आए पनि सम्बोधन गर्न नसकिएको उहाँको भनाइ छ । 

अट्ठाइस हजार गुनासामध्ये छ हजार भूकम्पपीडितको गुनासाका आधारमा पुनः सर्वेक्षण गर्न अझै बाँकी रहेको र अहिले एक हजार ५०० भन्दा बढी पुनः सर्वेक्षणका लागि माग आएको उहाँले बताउनुभयो । पुनः सर्वेक्षणका बारेमा फागुन मसान्तदेखि सर्वेक्षणको कार्य शुरु हुने प्राधिकरणले बताएको उहाँको भनाइ छ । 

प्राधिकरणको ढिलासुस्तीले आफूहरुमा अझै घर बनाउने वा नबनाउने भन्नेमा अन्योल रहेको भूकम्पपीडित बताउँछन् । घर आवश्यक छ तर प्राधिकरणले कुनै पनि निर्णय नगर्दा घर बनाउन अन्योल भएको उनीहरु बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला