२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

माघ पुर्णिमामा तातो पानीमा नुहाउनेको भिड

१८ माघ २०७४, बिहीबार १०:४०

दान बहादुर बुढा/माघ १८, मुगु  । छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाउँ नजिकै रहेको तातो पानीको कुण्डमा माघ पुर्णिमाको दिनमा नुहाउदा शरीरमा रहेको बिभिन्न रोग सन्चोहुर्ने बिशुवासले नुहाउनेको भिड लाउको छ । 

जब मंसिर महिना सुरु हुन्छ अनि त्यहाँ नुहाउन जानेको दैनिक भिड लाग्छ । सदरमुकाम गमगढी देखि करिब एक घण्टा मात्र टाढा रहेको तातो पानी कुण्डमा अहिले प्रति दिन एक सय देखि एक सय पचास जनासम्म नुहाउन जाने गरेको रुगा गाउँका स्थानीयवासीकोे भनाई छ । 


आज भन्दा झण्डै तिस बर्ष पहिले अहिलेको तातोपानीको कुण्ड रहेको स्थान भन्दा केहि माथी चौरमा ठुलो धारा रहेको र त्यस भन्दा तल ओडारमा एक सय जना जति अटाउने कुण्ड रहे पनि माघे संक्रान्तिको मेला लाग्ने दिनमा ओडार भत्किएको थियो । 

ओडार भत्किदा एक जना महिलाको मृत्यु भएको र एक जना घाईते भए देखि त्यहाँ नुहाउन जाने मान्छेको संख्या घट्दै गएको र पानि पनि जमिन मुनि छिरेर कर्णाली नदिको किनारमा निस्केको स्थानीयको भनाई छ । 

 सदरमुकाम नजिकै तातो पानीको कुण्ड रहेको तथा त्यसलाई व्यवस्थित गर्न सके पर्यटन व्यवसाय फस्टाउन सक्ने स्थानीयको विश्वास छ । स्थानीयवासी तातोपानीमा नुहाउदा, शरिरमा रहेका धेरै रोगहरु निको हुने विश्वास गर्दछन । विशेष गरि तातो पानी नुहाउन पुग्ने महिला र बृद्ध बृद्धा धेरै छन । 

तातो पानीमा नुहाउदा पेट दुखने , टाउको दुख्ने, हात गोडा दुख्ने तथा शरिरका जोर्नीहरु दुख्ने जस्ता रोगहरु निको हुने भएकाले हरेक वर्षको हिउदमा नुहाउन आउने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि ४० वर्षिया राजकला बि.कले बताईन ।

 माघे संक्रान्ति र माघ शुक्ल पुर्णिमाको दिन तातो पानीमा नुहाउदा शरिरमा भएका रोगहरु निको हुने विश्वासले अधिकाँश स्थानीयवासी नुहाउन पुग्दछन भने अन्य दिनमा पनि तातो पानीमा नुहाउनेको संख्या पनि कम छैन । 

तातो पानीलाई व्यवस्थित गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्रयाउन सके समग्र जिल्लालाई नै चिनाउन सकिने अवस्था रहेको भन्दै नगरपालिकाले त्यसलाई व्यवस्थित गर्नेको लागी पहल भई रहेको छायानाथ रारा नगरपालीका वडा नमबर १३ का बडा अध्क्षय चत्र बहादुर सावतले बताएका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य