2026-09-15 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अजयमेरु गाउँपालिकाका सबै कार्यालयमा इ–हाजिरी

माघ १९, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले सबै कार्यालयमा विद्युतीय इ–हाजिरी शुरु गर्ने भएको छ । 

कर्मचारीलाई समयको पालना गराउनका लागि र सेवालाई प्रभावकारी बनाउनका कर्मचारीको उपस्थिति परदर्शी हुनुपर्ने भन्दै इलेक्ट्रोनिक हाजिरी गाउँपालिकाका सबै कार्यालयमा शुरु गरिन लागेको अजयमेरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी गराउनुभयो । 

अनुशासन र समयको पालना गराउन साथै मर्यादित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि सबै कार्यालयमा इ–हाजिरीको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ रहेको छ । 

छवटा वडा रहेको अजयमेरु गाउँपालिकाका सबै वडा कार्यालय, अधारभूत र माध्यमिक गरी १७ वटा विद्यालय, पाँचवटा स्वास्थ्य कार्यालय र एक गाउँपालिकाको कार्यालयमा इ हाजिर लगाउने शुरु गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । 

विशेष गरी विद्यालयमा सो हाजिरको व्यवस्था गरिँदा हाजिर हुने शिक्षकले १० देखि ४ बजेसम्म बसे नबसेको थाहा हुने र शिक्षकले विद्यालयमा समय दिँदा पढाइ पनि प्रभावकारी हुने भएकाले इ हाजिरको व्यवस्था गरिन लागेको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले बताउनुभयो । 

कर्मचारीले इ हाजिरी शुरु भएपछि हातको औँलाले हाजिरी यन्त्रमा थिचेर उपस्थित भए नभएको जनाउनुपर्ने हुन्छ र समयको पालना पनि गर्नुपर्ने बाध्यता रहन्छ । अन्य कार्यालयमा पनि कर्मचारी आउने, हाजिर गर्ने र कार्यालय छोड्ने प्रवृत्ति बढेकाले इ हाजिर हुँदा अनिवार्य कार्यालयमा उपस्थित हुनका साथै सेवा प्रभावकारी हुने भन्दै सो हाजिरको प्रावधानको शुरुवात अजयमेरु गाउँपालिकाबाट हुन लागेको वडा नं १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले जानकारी गराउनुभयो । 

अजयमेरु गाउँपालिकामा जनप्रतिनिधि आएसँगै अन्य गाउँपालिकाको तुलनामा आधुनिक प्रविधिमा बढी जोड दिइएको छ । गाउँपालिकाको लेखा प्रणाली पनि कम्प्युटरकृत भइरहेको र सबै काम तथा लेखा प्रणाली पनि आधुनिक प्रविधिको माध्यमबाट गर्न शुरुवात गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । 

इ हाजिरसँगै अजयमेरु गाउँपालिका र वडा कार्यालयमा रहेका विषयगत कार्यालयमा सिसी क्यामरा पनि राख्ने जनाइएको छ । 

सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा अजयमेरु गाउँपालिकाले जोड दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ