२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बुहारी ससुराको किरिया बसिन्

४ पुष २०७२, शनिबार ११:२५

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागवत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका–१९ निवासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणी पण्डितलाई वैदिक परमपरा अनुसार हिजो बबई नदीको उरहरी घाटमा दागवत्ती दिएकी हुन् ।

बिहीबार साँझ ६५ वर्षको उमेरमा निधन भएका ससुरालाई दागवत्ती दिएकी बुहारी सावित्रा, शुक्रबारदेखि नै कोरा बारेर छोराजस्तै किरिया समेत बसेकी छिन् । सावित्राका श्रीमान असोक पण्डित हाल रोजगारीका शिलशिलामा मेलेसीयामा छन् । विगत ५ वर्षदेखि रोगले थलिएका ससुराको स्याहारसुसार गर्दै आएकी सावित्राले समाजमा जरो गाडेर रहेको कुरिती कुसंसकारलाई चिर्नका लागि दागबत्ति दिएर क्रिया बसेको भन्दै व्यवहारमा कार्यान्वयन गर्न चुनौतिपूर्ण पनि रहेको प्रतिकृया दिएकी छन् ।

समाजमा आफूलाई देखेर कतिपय मानिसहरु मुखामुख गरेर कानेखुसी गर्ने गरेको भन्दै छोरासरह बुहारीले पनि काम गर्न सक्छन् भन्ने सन्देश आफूले दिन सकेकोमा गर्व लागेको बताइन् । बुहारीले सयौं मालामीका बीचमा ससुरालाई दागवत्ती दिएर किरिया बसेको दाङमा यो पहिलो पटक हो । एक मात्र छोराका बाबु शेषमणीकी श्रीमतीको ५ वर्ष अघि निधन भइसकेको थियो । महिलामा चेताको वृद्धिसँंगै दाङमा पछिल्लो समय फाट्फुट् रुपमा एकाध ठाउँमा महिलाहरु मलामा जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य