२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

बिद्यालय खाजा कत्तिको प्रभावकारी ?

२०७४, १९ माघ शुक्रबार ०८:३३

माघ १९, ललितपुर | कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । 

विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिनी र एक सय १० ग्राम पौष्टिक आहार पाउने गर्छन् । 

आगामी दिनमा कार्यक्रमको सञ्चालन र प्रभावकारिताका बारेमा छलफल गर्न सरोकारवालाबीच आज यहाँ आयोजित छलफलमा सहभागीले कार्यक्रमबाट विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि, बीचमै विद्यालय छाड्ने क्रममा कमी, कुपोषणको अवस्थाका सुधार देखिएकाले बालबालिकालाई पोषणयुक्त खाद्यान्नको सुनिश्चित गराउन आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ड अर्यालले विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको विद्यालय खाजा कार्यक्रम प्रभावकारी रहेकाले आगामी दिनमा स्थानीय निकायमार्फत यसलाई व्यवस्थितरुपमा सञ्चालन गरिने बताउनुभयो । 

शिक्षाका लागि खाद्य परियोजनाका उपनिर्देशक विष्णु भण्डारीले कार्यक्रमले विद्यार्थीको शिक्षाको स्तर र सरसफाइमा सुधार ल्याउनुको साथै अभिभावकमा पनि चेतनाको विकास भएको उल्लेख गर्नुभयो । 

विश्व खाद्य कार्यत्रमको शिक्षा प्रमुख ममता गुरुङले कार्यक्रमको विगतको अनुभवका आधारमा आगामी दिनमा कसरी यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन रणनीति तयार गर्न लागिएको बताउनुभयो । 

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालयअन्तर्गत डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा शिक्षाका लागि खाद्य परियोजना सञ्चालनमा छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने