२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

बिद्यालय खाजा कत्तिको प्रभावकारी ?

१९ माघ २०७४, शुक्रबार ०८:३३

माघ १९, ललितपुर | कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । 

विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिनी र एक सय १० ग्राम पौष्टिक आहार पाउने गर्छन् । 

आगामी दिनमा कार्यक्रमको सञ्चालन र प्रभावकारिताका बारेमा छलफल गर्न सरोकारवालाबीच आज यहाँ आयोजित छलफलमा सहभागीले कार्यक्रमबाट विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि, बीचमै विद्यालय छाड्ने क्रममा कमी, कुपोषणको अवस्थाका सुधार देखिएकाले बालबालिकालाई पोषणयुक्त खाद्यान्नको सुनिश्चित गराउन आवश्यक रहेको बताउनुभयो । 

सो अवसरमा शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ड अर्यालले विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको विद्यालय खाजा कार्यक्रम प्रभावकारी रहेकाले आगामी दिनमा स्थानीय निकायमार्फत यसलाई व्यवस्थितरुपमा सञ्चालन गरिने बताउनुभयो । 

शिक्षाका लागि खाद्य परियोजनाका उपनिर्देशक विष्णु भण्डारीले कार्यक्रमले विद्यार्थीको शिक्षाको स्तर र सरसफाइमा सुधार ल्याउनुको साथै अभिभावकमा पनि चेतनाको विकास भएको उल्लेख गर्नुभयो । 

विश्व खाद्य कार्यत्रमको शिक्षा प्रमुख ममता गुरुङले कार्यक्रमको विगतको अनुभवका आधारमा आगामी दिनमा कसरी यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन रणनीति तयार गर्न लागिएको बताउनुभयो । 

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालयअन्तर्गत डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा शिक्षाका लागि खाद्य परियोजना सञ्चालनमा छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य