२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ऐरावती बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम

७ पुष २०७२, मंगलवार ०२:३९

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अध्ययनरत बिएड र विविएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले आइतवार एक कार्यक्रमको आयोजना गरि विविएस पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

विद्यार्थी परिचालन समितिका अध्यक्ष अशोक बेल्बासेको अध्यक्षता एवम् क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले पहिलो वर्षका विद्यार्थीहरुलाई फुलमाला र टिका लगाई स्वागत गरेका हुन् ।

विद्यार्थी पवित्रा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख विष्णुप्रसाद भुषाल, क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष युवराज न्यौपाने, कोषाध्यक्ष केशवराज खनाल, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, क्याम्पसका शिक्षा संकाय संयोजक रामकृष्ण पौडेल, पत्रकारहरु ओमप्रकाश गुप्ता, विदुर एम.सी, सन्तोषकुमार गुप्ता, कमल गिरी र विद्यार्थी धुव्र बेल्वासे लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थी मिना भट्टाईले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला