४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दिया: राजापुरमा जग्गाधनी पुर्जा वितरण

२० माघ २०७४, शनिबार ०५:४७

माघ २०, बर्दिया । प्रमुख व्यापारिक केन्द्र राजापुर बजारमा जग्गाधनी पुर्जा वितरण प्रक्रिया शुरु भएको छ । 

लालपुर्जाविहीन राजापुरमा जग्गा दर्ता समितिको कार्यालय खुलेर जग्गाधनी पुर्र्जा वितरणको प्रक्रिया सरकारको २०७४ पुस १३ गतेको निर्णयअनुसार वितरण हुने भएको छ । 

भूमि सुधार तथा व्यवस्थामन्त्री गोपाल दहितको पहलमा सो निर्णय भएसँगै वर्षौंदेखि जग्गाधनी पुर्जा अभावमा विभिन्न समस्या झेल्दै आएका राजापुरवासीले राहत महसुस गरेका छन् । 

पुर्जा वितरणका लागि राजापुरस्थित मालपोत कार्यालयमा बहाल बिटौरी जग्गा दर्ता समितिको कार्यालय स्थापना भई काम अगाडि बढाइएको छ । यतिबेला जग्गाधनीले राजापुर नगरपालिकाबाट सिफारिश लिएर समितिको कार्यालयमा निवेदन दर्तासमेत गर्न थालिसकेका छन् । 

राजापुर मालपोत कार्यालयका प्रमुख एवं वहाल विटौरी जग्गा दर्ता समिति कार्यालयका अध्यक्ष वागेश्वरदत्त ओझाले जग्गा दर्ता सम्बन्धमा राजपत्रमा उल्लेख भएका कुरा त्रुटिपूर्ण भएकाले सम्बन्धित विभाग तथा मन्त्रालयसँग समन्वय गरी काम अगाडि बढाइने बताउनुभयो । 

विसं २०१८ मा बसेको बजारलाई मन्त्री दहितले दुई महिनाभित्र पुर्जा वितरण गरिने बताउनुभयो । “अब संकलन पुर्जा वितरणको प्रक्रिया शुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “यस कार्यमा सबैको सहयोग रहे यसले चाँडै पूर्णता पाउनेछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ