४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट जिल्ला प्रशासनमै पाँच सयको नक्कली नोट भेटिएपछि…

२० माघ २०७४, शनिबार ०७:३१

माघ २०, नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ । 

प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । 

राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिनुभयो । 

नक्कली नोटको नं ग (४६) ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो । 

नक्कली नोट केही बाक्लो रहेको भए पनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताउनुभयो । 

नक्कली नोटलाई बैंकले नियन्त्रणमा लिएको छ । बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल (तार जाली) समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ । 

नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ