२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कोशी अञ्चल अस्पताल विराटनगरमा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

२१ माघ २०७४, आईतवार ०२:५८

माघ २१, मोरङ (रासस) | सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या भइरहेको छ । 

दरबन्दी पूर्ति हुन नसक्दा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) चिकित्सकको सेवा आठौँ तहका मेडिकल अफिसरले दिनुपर्ने बाध्यता छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । कोशीमा एघारौँ तहका विशेषज्ञ (कन्सलटेन्ट) ४० र मेडिकल अफिसर ३४ गरेर ७४ जना चिकित्सकको दरबन्दी छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले ४० जनाको दरबन्दी रहे पनि एघारौँ तहका कन्सलटेन्ट चिकित्सक आधा पनि नरहेको बताउनुभयो । आठौँ तहका मेडिकल अफिसर पनि ३० जना मात्रै छन् । 

मेसु पोखरेलका अनुसार दरबन्दी विशेषज्ञ चिकित्सकको भए पनि अस्पताल विकास समितिबाट मेडिकल अफिसरलाई नियुक्ति गरेर सेवा दिनु परिरहेको छ । उहाँले कन्सलटेन्टको दरबन्दी रहेका ठाउँमा मेडिकल अफिसरलाई करारमा अस्पताल विकास समितिबाट नियुक्ति दिएर काममा लगाउनुपर्ने अवस्था रहेकोले बिरामीले पाउने स्वास्थ्य सेवामा पनि समस्या हुने गरेको बताउनुभयो । उनीहरुको सबै खर्च अस्पताल विकास समितिले नै बेहोर्नु पर्छ । सरकारले विभिन्न सेवा थप गर्दै औजार र उपकरण पठाउने गरे पनि दक्ष चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ । 

अस्पताल विकास समितिका अध्यक्ष डा आरएल करुवाले सरकारले दरबन्दीअनुसार चिकित्सक नपठाउँदाको भार विकास समितिको थाप्लोमा आउने गरेको बताउनुभयो । अस्पतालको आन्तरिक आम्दानीले खर्च धान्न छाडिसकेको बताउँदै उहाँले करारमा राखिएका चिकित्सक र कर्मचारीलाई समयमा तलव खुवाउन नपाएर समस्या पर्न थालेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने