पढ्न करिब 1 मिनेट लाग्छ

माघ २१, रुकुम | रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ । रासस