२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना

२१ माघ २०७४, आईतवार ०९:०२

माघ २१ । रामेछाप ।

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । आइतबार मन्थली वडा नं १२ सिक्रालमा नगरपालीकाका मेयर रमेश बस्नेतले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।



कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले जनता स्वस्थ र शिक्षित भएपछि मात्र आय आर्जन र समृद्धिको बाटोतर्फ लाग्ने बताउनुभयो ।उहाँले नगरपालिकामा सिमित स्रोत र साधन भएपनि जनताका समस्या समाधानमा निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो - "ठिक छ हामी गरिब छौ, कमजोर छौ, स्रोत र साधनको कमि छ तर जति छ विस्तारै त्यसलाइ सहि सदुपयोग गर्दै जनता प्रति समर्पित गर्न लाग्ने छौ ।"


स्वास्थ्यको क्षेत्रमा स्थानीय स्वयम्‍सेविकाले
खेलेको भुमिकालाइ राज्यले उच्च कदर गर्नुपर्ने बताउदै बस्नेतले उनीहरुको योगदानको
प्रसंसा गर्नुभयो । बस्नेतले वडामा भएका समस्याहरु जनप्रतिनिधी मार्फत नगरपालिकामा
ल्याउन आग्रह गर्नुभयो । उहाँले नगरपालीकाका हरेक वडाको आर्थिक
, सामाजिक, भौतिक पुर्वाधारको
विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।


कार्यक्रममा वडा अध्यक्ष कृष्णहरी अधिकारीको
सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष प्रकाशकुमार
कार्की
, मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँल, पत्रकार प्रज्वल पौडेल, स्वयम् सेविका, स्थानीय
नागरिक लगाएतको सहभागिता रहेको थियो ।



रामेछापमा मन्थली नगरपालिकाबाट गेलु (सिक्राल), गेलु (नाटिला) र कठजोर गरि ३
स्थान र विभागबाट रामेछापको ल्याङल्याङ र मन्थलीको मानेडाँडामा शहरी स्वास्थ्य
केन्द्र स्थापना गरिने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान