२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना

२०७४, २१ माघ आईतवार ०९:०२

माघ २१ । रामेछाप ।

रामेछापको गेलुमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । आइतबार मन्थली वडा नं १२ सिक्रालमा नगरपालीकाका मेयर रमेश बस्नेतले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको हो ।



कार्यक्रमलाइ सम्बोधन गर्दै मेयर बस्नेतले जनता स्वस्थ र शिक्षित भएपछि मात्र आय आर्जन र समृद्धिको बाटोतर्फ लाग्ने बताउनुभयो ।उहाँले नगरपालिकामा सिमित स्रोत र साधन भएपनि जनताका समस्या समाधानमा निरन्तर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो - "ठिक छ हामी गरिब छौ, कमजोर छौ, स्रोत र साधनको कमि छ तर जति छ विस्तारै त्यसलाइ सहि सदुपयोग गर्दै जनता प्रति समर्पित गर्न लाग्ने छौ ।"


स्वास्थ्यको क्षेत्रमा स्थानीय स्वयम्‍सेविकाले
खेलेको भुमिकालाइ राज्यले उच्च कदर गर्नुपर्ने बताउदै बस्नेतले उनीहरुको योगदानको
प्रसंसा गर्नुभयो । बस्नेतले वडामा भएका समस्याहरु जनप्रतिनिधी मार्फत नगरपालिकामा
ल्याउन आग्रह गर्नुभयो । उहाँले नगरपालीकाका हरेक वडाको आर्थिक
, सामाजिक, भौतिक पुर्वाधारको
विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।


कार्यक्रममा वडा अध्यक्ष कृष्णहरी अधिकारीको
सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष प्रकाशकुमार
कार्की
, मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँल, पत्रकार प्रज्वल पौडेल, स्वयम् सेविका, स्थानीय
नागरिक लगाएतको सहभागिता रहेको थियो ।



रामेछापमा मन्थली नगरपालिकाबाट गेलु (सिक्राल), गेलु (नाटिला) र कठजोर गरि ३
स्थान र विभागबाट रामेछापको ल्याङल्याङ र मन्थलीको मानेडाँडामा शहरी स्वास्थ्य
केन्द्र स्थापना गरिने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने