Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा तीन एचआइभी एड्स संक्रमित भेटिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कविता उपाध्याय/माघ २१, रोल्पा | यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।

रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ ।

यी थप तीनसहित हाल जिल्लामा एचआइभी एड्स संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमा २६ महिला, २४ पुरुष र तीन बालिका छन् । चौध जनाको भने यसअघि मृत्यु भइसकेको विकले जानकारी दिनुभयो । उहाँका अनुसार हाल जिल्लामा नौदेखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुष एचआइभी एड्स संक्रमित भएर संक्रमणसँग लडिरहेको अवस्था छ । जिल्लामा भएका सबैजसो एड्स संक्रमित श्रीमान्कै कारण संक्रमित बनेको उहाँको भनाइ छ ।रासस