२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

वायु प्रदूषणविरुद्ध मास्कमाण्डौ–३ अभियान शुरु हुँदै

२०७४, २२ माघ सोमबार ०६:१८

माघ २२, ललितपुर | राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरुलाई दबाब सिर्जना गर्न मास्कमाण्डौ–३ को अभियान शुरु गर्न लागिएको छ । 

बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान शुरु गरिएको बताइएको छ । 

स्वच्छ ऊर्जा नेपालको अग्रसरमा शुरु गरिएको सो अभियान तेस्रो हो । सन् २०१६ मा मास्कमाण्डौ पहिलो र दोस्रो सम्पन्न भएको थियो । विभिन्न अध्ययनले काठमाडौँको वायु प्रदूषण विश्वकै उच्च रहेको देखाएको र यसले काठमाडौँको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएको सन्दर्भमा त्यसलाई हटाउन सो अभियानलाई निरन्तरता दिइएको स्वच्छ ऊर्जा नेपालका राजन थापाले बताउनुभयो । 

“हिजो मन्दिरको शहरका रुपमा चिनिने काठमाडौँ आज प्रदूषित शहरका रुपमा बदनाम हुँदा पर्यटनमा समेत नकारात्मक असर पर्न गएको छ”, उहाँले भन्नुभयो । 

हालै सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८ मा १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल रहेको छ । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१ दशमलव ४४ रहेको छ । 

सो अभियानअन्तर्गत यही माघ २५ गतेदेखि साताव्यापी रुपमा प्रदूषण बढी भएका राजधानीका चोकमा समस्याका बारेमा अवगत गराउनेखालका कार्यक्रम सञ्चालन गरिनेछन् । विश्व प्रेश दिवसका अवसरमा रत्नपार्कमा युवा, विद्यार्थीको सहभागितामा साझा संकल्प गरिने छ । 

‘म मेरो फोक्सोलाई माया गर्छु’ नाराका साथ उनीहरुलाई लक्ष्य गरी अभियानलाई निरन्तरता दिएको थापाले बताउनुभयो । नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनेहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गराउन सरोकारवालादेखि सर्वसाधारणलाई समेत सचेत र जागरुक गराउन यस्ता अभियान आवश्यक भएको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते