२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

संसदीय मामिला पत्रकारिता अभिमुखीकरण

२०७४, २२ माघ सोमबार ०६:२९

माघ २२, विराटनगर | संसदीय समाचार संकलन गर्दा अपनाउनु पर्ने मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञानलगायत विषयमा ध्यान दिनुपर्ने आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा बताइएको छ । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित संसदीय मामिला समाचार संकलन विधिबारे आयोजित कार्यक्रममा संविधानको अध्ययन, संविधानले व्यवस्था गरेको प्रदेशसम्बन्धी व्यवस्था, केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरिएको अधिकारको सूची र उच्च अदालतसम्बन्धी जानकारी सञ्चारकर्मीले राख्नुपर्ने बताइएको छ । 

संसदीय मामिला पत्रकार समाजका पूर्व कार्यवाहक अध्यक्ष मात्रिका पौडेलले संसदीय भाषा, प्रदेशसभा र प्रदेशसभा सरकार, स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन, नियम र केन्द्र सरकारले बनाउने नियम कानून सम्बन्धमा चनाखो भएर ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले रोष्टम, कार्य व्यवस्था परामर्श समिति, विधेयक, विशेषाधिकार, अपहेलना, अल्पमत, बहुमत, ह्विप, रुलिङ, गणपूरक संख्या, विशेष समय, शून्य समय, ध्वनि मत, मत विभाजनलगायत संसदीय भाषाका सम्बन्धमा जानकारी गराउनुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते