२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा पुल नबन्दा आवतजावतमा समस्या

२२ माघ २०७४, सोमबार ०७:४८

माघ २२, राजविराज | सरकारी उदासिनताका कारण वर्षौंदेखि जीर्ण रहेको सप्तरीको अति पुरानो हुलाकी सडकखण्डको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको छ । 

सो सडकखण्डमा निर्माण कार्य भइरहेको अधिकांश पुलसमेत तोकिएको समयमा निर्माण कार्य हुन नसकेकाले पनि यहाँका जनता समस्यामा परेको छ । जिल्लाको दक्षिण र पश्चिम भेगकामा रहेका हुलाकी सडक नबन्दा र हुलाकी सडकको पुलसमेत नबनेका कारण सप्तरीको सदरमुकाम राजविराजदेखि सिरहा रोडको हुलाकी सडकमा हिँड्ने हजारौँ स्थानीयवासीलाई दिनहुँ आवतजावतमा समस्या खेप्नु परिरहेको मलेकपुरका वीरेन्द्र यादवले गुनासो गर्नुभयो । 

मुलुककै पुरानो हुलाकी सडकलगायत ग्रामीण भेगका सडकको अवस्था दिनदिनै दयनीय बन्दै गएपछि सडकमा हिँड्ने सर्वसाधारण जनता धुलो माटोमा हिँड्नसमेत बाध्य रहेको यादवले बताउनुभयो । 

योसँगै हुलाकी सडकअन्तर्गत सप्तरीको पथरगडा र मुतनी खोलामा निर्माण भइरहेका पुलसमेत अझै सुस्तगतिमा निर्माण कार्य भइरहेको हुदासमेत आवतजावतमा समस्या भइरहेको स्थानीय भूपेन्द्र मण्डलले बताउनुभयो । 

हुलाकी सडकखण्डअन्तर्गत रहेको मलेकपुर र पत्थरगाडाबीचमा अवस्थित मुतनी नदीमा पुल निर्माणको कार्य सुस्तगतिमा भइरहेकाले यहाँका सर्वसाधारणलाई समस्या परेको छ । 

हुलाकी राजमार्गको मुतनी खोलामा रु चार करोड ७७ लाख ३६ हजार ९४५ मा र हुलाकी सडककै कजरहा खोलामा रु दुई करोड ४४ लाख ६०० हजार ४८ को सम्झौता भएअनुसार निर्माण कार्य भइरहेको निर्माणस्थलमा राखिएको बोर्डमा उल्लेख छ । 

जीर्ण सडक र अधुरो पुलका कारणले जिल्लाको पश्चिमी र दक्षिणी भेगका ग्रामीण क्षेत्रबाट सदरमुकाम राजविराजसम्म पैदलयात्रा गर्नेदेखि लिएर साइकल, मोटरसाइकललगायत अन्य सवारीसाधन आवगमन गर्ने निकै समस्या खेप्नु परिरहेको अर्का सर्वसाधारण शिवचरण यादवले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ