2026-09-14 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ज्यालादारी कर्मचारीमा श्रमशोषण

माघ २२, कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आएका कर्मचारीहरु लाई विद्युत प्राधिकरण तथा नेपाल सरकारले श्रमशोषण गर्दै आएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी युनियन कञ्चनपुरका अध्यक्ष गोविन्द जेठाराले बताउनु भयो । 

उनका अनुसार आफुहरुले दैनिक २४ घण्टा काम गर्नुपर्ने २४ घण्टा काम गरेर श्रम बराबरको ज्याला नमिल्ने बताउनु भयो । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा विगत १२, १५ बर्ष देखि काम गर्दै आएका देशै भरी १६ सय भन्दा बढी कर्मचारी रहेको वहाँले जनाउनु भयो । 

नेपाल सरकारलाई र विद्युत प्राधिकरण लाई आफुहरु लाई करार स्थायी नियुत्ति गरि अन्य कर्मचारी सो सरह ब्यावहार र सेवा सुविधा दिनु पर्ने युनियनले पटक पटक माग राख्दै आएको थियो । सरकार फेरबदल हुने प्रकृयाले आफुहरुको माग सम्वोधन नभएको वहाँहरुको दुःखेसो रहेको छ ।

दैनिक ज्यालादारी कर्मचारीहरुलाई ३, ४ तहमा रहेपनि सबैले पाउने ज्याला बराबर रहेको छ । आफुहरुले २४ सै घण्टा काम गर्नुपर्ने, सेवाग्राहीहरुको कलको भरमा काम गर्नुपर्ने, स्थायी कर्मचारीको भन्दा डबल काम गर्नु पर्ने सेवा सुविधा केहि नपाईने अनि के हो श्रमशोषण भनेको हामीलाई बुझाईदिनुस् सरकार ।

२०६२ साल देखि अगाडीकालाई  आन्तरिक स्थायी गरि अहिले स्थायी गरिसकेको बाताउदै हामीलाई पनि त्यसै गरि स्थायी गर्नु पर्ने बताउनु भयो । आफुहरुको टिम ज्याला भन्दा पनि स्थायी होला भनेर ज्यान हत्केलामा राखेर काम गरिरहेको बताए । विद्युत प्राधिकरणले अहिले ३४५ रु बराबरको ज्याला मात्र दिइरहेको छ । सन्देश पाण्डेयको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ