२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका बाढीपीडितहरुको जीवन कष्टकर बन्दै

८ पुष २०७२, बुधबार ०२:५२

badhiसन्तोषकुमार गुप्ता/पुस ८, दाङ । पुरन्धारा–९ सिमलकुनाकी तिला वलीले सानो झुपडीमा कहिले जाडो,कहिले घाम, कहिले बर्षा अनि फेरि चिसो काट्न थालेको डेढ बर्ष भयो । २०७० साल साउन महिनामा बबई नदीमा आएको बाढीले भएको घर लगेपछि वलीसँगै उहाँको १० जनाको परिवार झुपडीमा बस्दै आएको छ ।

घरसँगै बाढीले घरमा भएको अन्नपात, लत्ताकपडा, बाख्राहरु लगेपछि झुपडीमा बस्न थाल्नुभएकी वलीलाई घर बनाएर बस्न मन भए पनि बनाउनका लागि आर्थिक श्रोत नहुदा राम्रो घर बनाउन नसकेको बताउनुहुन्छ । ‘बर्सातको पानी, आजभोलिको चिसो सम्झदा घर बनाएर बस्न मन लाग्ने गरेपनि बनाउनका लागि पैसा नहुदा रहर रहरमै सीमित हुने गरेको छन् ।’

छोराछोरीहरु साना छन् कमाउने भएका छैनन् बुढा र आफुले दु।ख गरेर जम्मा गरेको खान लाउन ठिक्क हुने गरेको समेत वली बताउनुहुन्छ । त्यस्तै बबई नदीमा आएको बाढिले घरगोठसँगै भएको घरमा भएको सामानहरु बगाएर लगेपछि दु।खमा परेको बताउनुहुन्छ पुरन्धारा–९ सिमलकुनाकै लोकसिङर बढामगर । ‘बाढीले घरसँगै सम्पतीको नाममा रहेका १६ वटा बाख्रा,दुई वटा भेडा र एउटा गोरुबगाएर लगेपछि त्रिपालमा दिन काट्न थाल्नुभएका लोकसिङ्को त्रिपालबाट झुपडीको छाना टिनको पत्तामा फेरिएपनि अन्य जीवन फेरिन नसकेको बताउनहुुन्छ ।’

‘सरकारले पैसा देला र घर बनाउनला भन्ने आश तँ मरिथाल्यो तर अहिले भएको आफ्नै त्यही जमिनमा पनि राम्रो घर बनाउन पाइदैन लोकसिङ्र बताउनुहुन्छ ।’ बबईले लगाएको घाउँमा राष्ट्रिय निकुञ्ज विस्तारको नाममा समेत पछिल्लो समय आफुहरुलाई दु।ख दिन थालेको लोकसिङ् बताउनुहुन्छ । ‘राष्ट्रिय निकुञ्ज विस्तारको नाममा बन प्रयोग गर्न दिर्दैन, हामीहरुलाई पनि यहाँवाट अनेत्र लग्ने भन्छ चाडै लगे समयमै घर बनाउने हुन्थ्यो नत्र यही घर बनाउन देओस राज्यले लोकसिङ् भन्नुहुन्छ ।’

अहिलेको चिसो र बर्षातको झरीलाई सम्झदा घर बनाउन मन भएपनि आर्थिक अभावका कारण झुपडीमा नै बस्नुपरेको सोही गाउँकै धनविर बुढाले बताउनुहुन्छ । बाढीबाट शरिरमा लगाएको कपडामा मात्र बचाउन सक्नुभएका धनविरको आठ जनाको परिवार अहिले झुपडीमा बस्दै आएको बताउनुहुन्छ । बाढीले सवै लगेर झुपडीमा बस्ने बनाएको भन्दै उहाँले आरकारले आरक्षको नाममा झन दु।ख दिने काम गरेको गुनासो गुर्नुहुन्छ ।

पहिले बाख्राहरु पालेर घर व्यवहारसँगै आर्थिक श्रोतको जोहो गर्ने गेरपनि पछिल्लो समयमा सरकारले त्यस क्षेत्रको वनलाई आरक्षण क्षेत्रको नाममा प्रवेश गर्न नदिने भएपछि गाउँमा कमाउने बाटो नै बन्द भएको समेत धनविर बताउनुहुन्छ । भएको बाढीले लगिसक्यो अब फेरि केही गरम भनेको सरकारले नदिमा माछा मार्नदेखि घरमा कुकुर पाल्न पनि नदिने ठाउँमा आफुहरुलाई राखेर सरकारले दु।खमा दु।ख थप्ने काम गरेको समेत बताउनुहुन्छ ।

यही ठाउँमा राखेर सरकारले दु।ख दिनुभन्दा राम्रो ठाउँ खाजेर सरकारले चाडै लगेर बस्ने व्यवस्था गरिदिए चिसोसँगै बर्षातको झरीवाट बचिने धनविर बताउनुहुन्छ । तिला,लोकसिङ् र धनविरहरु जस्तै पुरन्धारा गाविसमा ७३ घरपरिवारहरु बाढिपीडितहरु रहेका छन । बाढीले घरवार विहिन बनाए पनि राज्यले बसोवासका लागि व्यवस्था नगर्दा अहिले सम्म पनि कष्टकर जीवन विताउन बाध्य छन ।

पुनः उक्त क्षेत्रमा बाढि पस्ने सम्भावनाका साथै उक्त क्षेत्रलाई सरकारले राष्ट्रिय निकुञ्जका रुपमा अघि बढाउने भएपछि उक्त क्षेत्रका बाढिपीडितहरुलाई सरकारले गाविसकै अनेत्र सार्ने योजनामा रहेको छ । त्यही अनुसार बाढिपीडितसँगै स्थानीय राजनीतिक दहरुको सर्वदलिय भेला समेत सम्पन्न भएको छ । भेलाले नमुना बस्तीको लागि पुरन्धरा गाविसको पद्मपुरदेखि पश्चिमतिरको नौ विघा जमिनलाई छनोट गरेको पौडेल बताउनुहुन्छ ।

त्यस्तै विकल्पको रुपमा पुरन्धरा गाविसको हंशपुरको जमिनलाई पनि प्रस्ताव गरेको छ । नयाँ बस्ती विकास गनका लागि हंशपुरभन्दा धेरै तथा मिलेको जमिन भएकाले पद्मपुर नै उपयुक्त हुने भएकाले राजनीतिक दलहरुले उक्त क्षेत्रमा बस्ती बनाउनका लागि प्रस्ताव गरेका छन । दलहरुले प्रस्ताव गरेपनि उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गर्न अहिलेसम्म भवन डिभिजन कार्यालयको टोली जान सकेको छैन । दलहरुले सिफारिस गरेपनि कार्यालयवाट अनुगमण नहुदा नमुना बस्तीको निर्माणसँगै बाढि पीडितहरु कहा बस्ने भन्ने समेत टुङ्गो लाग्न नसकेको नेकपा एमाले पुरन्धाराका अध्यक्ष पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य