२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

२३ माघ २०७४, मंगलवार ०४:२८

माघ २३, राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । 

करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । 

विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा भएपनि विद्यालयमा विद्यार्थीअनुसार शिक्षक नहुँदा पठनपाठन गराउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जयप्रकाशप्रसाद गुप्ताले बताउनुभयो । 

उक्त विद्यालयमा करिब एक हजारभन्दा बढी विद्यार्र्थी रहेकाले विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पठाउनु पर्ने बाध्यता रहेको अर्का शिक्षक शिवशंकर मण्डलले पनि गुनासो गर्नुभयो । सो विद्यालयमा सबैभन्दा बढी मावि र निमावि तहमा विद्यार्थीको संख्या बढी रहेको विद्यालयले जनाएको छ । 

सो विद्यालयमा दरबन्दीअनुसार मावि तहमा १० जना शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षक मात्र रहेका छन् । मावि तहमा भने थप एकजना शिक्षक राहत दरबन्दीमा काम गरिरहेको बताउँदै छ महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारीले अवकाश प्राप्त गरेपछि नेपाली विषय पढाउने शिक्षक नहुँदा मावि तहमा निमावि स्तरको शिक्षक राखेर पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रअ गुप्ताले बताउनुभयो । 

त्यस्तै, निमावि तहमा समेत पाँचजना शिक्षकको आवश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव