२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अर्काे पनि यातायात प्रालि खुल्यो

२२ पुष २०७२, बुधबार ०८:०३

सन्तोषकुमार गुप्ता/ पुस, दाङ ।  निकट भविस्यमै सेवा सुरु गर्ने तयारी गर्दै दाङमा थप अर्काे प्रालि खुलेको छ । आगामी माघ पहिलो सातादेखि सेवा सुरु गर्ने तयारी सहित दाङ यातायात सेवा प्रालि खोलिएको छ ।

उक्त प्रालिले पुस १९ गते मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । दाङ यातायात सेवा प्रालिको दर्ता नं. १४३३११ रहेको प्रालिका अध्यक्ष पिताम्वर कँडेलले जानकारी दिए । प्रालिका अध्यक्ष कँडेलका अनुसार माघको पहिलो हप्तादेखि सेवा सुरुगर्ने जानकारी पनि दिए ।

उनले ६ वटा डिलक्सवसहरु भारतको दिल्लीमा निर्माणाधिन रहेको बताए । अध्यक्ष कँडेलका अनुसार गाडीको बडी निर्माण कार्य पुरा भइसकेको भएपनि पेन्टिङ र वाइरिङको काम मात्रै पुरा हुन वाँकि रहेको जानकारी दिए । उनले आगामी आइतवार मात्रै थप २० वटा नयाँ चेसिजको बडी निर्माणको लागि डिल्ली पु¥याउने जानकारी पनि दिए । दाङ प्रालिले ६ वटा नयाँ डिलक्स वस माघको पहिलो हप्ता देखि नै सेवा दिने गरी भित्रिय पनि थप २० वटा गाडीहरु भने फागुनको पहिलो हप्ता सम्म तुलसीपुरमा भित्रने जानकारी दिएको छ ।

दाङ प्रालिको केन्द्रिय कार्यालय तुलसीपुरको पातुखोला पुलपारी पोल्चक भन्ने स्थानमा केन्द्रीय कार्यालय स्थापना समेत गरिसकेको छ । पहिलो लटमा माघको पहिलो हप्ता दाङ आइपुग्ने ६ वटा डिलक्स वसहरु समितिका पदाधिकारीहरु ६ जनाले एक–एक वटा ल्याउने दाङ प्रालिले जनाएको छ । समितिले एउटा डिलक्स वसको मुल्य ५८ लाखको हाराहारीमा पर्न गएको जानकारी पनि दिएको छ ।

दाङ प्रालिको पदाधिकारीमा को–को छन् ?
दाङ यातायात सेवा प्रालिको अध्यक्ष–पिताम्वर कँडेल,वरिष्ठ उपाध्यक्ष निराजन केसी, महासचिव मदनवहादुर भण्डारी, कोषाध्यक्ष पदम केसी, सदस्य शिव केसी रहेका छन् । प्रालिले सल्लाहाकारमा ऋषिराज केसी र कानुनी सल्लाहाकारमा मोहन धिताललाई चयन गरेको छ । पछि आवश्यक्ता अनुसार कार्यसमिति विस्तार गरिने अध्यक्ष कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन