पढ्न करिब 1 मिनेट लाग्छ

माघ २३, जाजरकोट । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ ।

सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ ।

नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको बताएको छ ।

फोन सेवा नहुँदा जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यम, सरकारी कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको काम समेत ठप्प भएको छ । दुई दिन बितिसक्दासम्म फोनमा आएको समस्याका विषयमा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । रासस