२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी: अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति

२३ माघ २०७४, मंगलवार ०५:२१

माघ २३, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ । 

बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् । 

पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको छ । स्थानीय उदय रोकाले फेला पार्नुभएको गुफाको बारेमा जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले ओझेलमा परेको कुहुँका बासिन्दा एवं शिक्षक डकबहादुर रोकाले बताउनुभयो । 

गुफाको आकर्षणका बारेमा प्रचारप्रचार हुन नसकेको रोकाको भनाइ रहेको छ । उहाँका अनुसार स्थानीय र छिमेकी वडाका विद्यालयबाट कहिलेकाहीँ शिक्षक र विद्यार्थी गुफाको अवलोकन गर्न आउँछन् । 

“गुफाका बारेमा धेरैलाई जानकारी नै छैन” रोकाले भन्नुभयोे “व्यवस्थित पदमार्ग निर्माण गरी प्रचारप्रसार गर्ने हो भने यो गुफा जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बन्न सक्छ ।” 

एउटै गुफाभित्र रहेका धेरै आकर्षक कलाकृतिले कठिन पैदलयात्रा गरेर त्यहाँ पुग्दाको नरमाइलो क्षण बिर्सिएको हालै गुफाको अवलोकन गरेर फर्कनुभएका रन्जित रोकाले बताउनुभयो । 

सदरमुकाम बेनीबजारदेखि करिब तीन घण्टाको पैदलयात्रा पछि पुगिने सो गुफाको संरक्षण गर्नतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको स्थानीयवासीले बताएका छन् । 

प्रसस्त पर्यटकीय सम्भावना भएर पनि भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावमा सो गुफा ओझेलमा परेको स्थानीयको भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै