२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

आनन्दवन अस्पतालमा बर्षेनी कुष्ठरोगी बढ्दै

२०७४, २३ माघ मंगलवार ०६:१६

माघ २३, ललितपुर | गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ । 

बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । अस्पतालको पछिल्लो पाँच वर्षको बिरामीको तथ्यांक हेर्दा हरेक वर्ष बढिरहेको देखिन्छ । सन् २०१७ मा सात हजार पाँच बिरामीले बहिरङ्ग सेवा लिएका छन् । सन् २०१३ मा पाँच हजार ३८१ बिरामी थिए । भर्ना भएका बिरामीको संख्या २०१३ मा एक हजार ४७९ र २०१७ मा एक हजार ५४० रहेको छ । उहाँ भन्नुहुन्छ, “देशभरमा नयाँ बिरामी पत्ता लाग्ने क्रम बढेसँगै यहाँ उपचारका लागि आउनेको संख्या बढिरहेको छ ।” 

अस्पतालमा अहिलेसम्म २० हजार २९० बिरामीले उपचार गराइसकेका छन् । नयाँ बिरामी संख्या १५६ र औषधि खाने कुष्ठरोगीको संख्या ६०१ छ । अस्पतालले अन्य संस्थाबाट सिफारिस भएर आएका बिरामीको समेत उपचार गर्दै आएको संयोजक पोखरेलले बताउनुभयो । 

अस्पतालले कुष्ठरोग प्रभावितलाई समाजमा पुनःस्थापना गर्न समेत सहयोग गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामीले कुष्ठरोग प्रभावितलाई आवास, सन्तानको शिक्षालगायतमा समेत सहयोग पुर्याउँदै आएका छौं ।” नेपालका जम्मा रोगीमध्ये २० प्रतिशतले सो अस्पतालमा उपचार गराएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते