२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रशासनका सामु गरेको प्रतिवद्धता उलंघन

२०७२, २२ पुष बुधबार ०८:०९

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ । मालिका–कालिकाले सेवा संचालन गर्नु भन्दा अघिल्लो दिन पुस १७ गते मात्रै स्थानिय प्रशासनले स्वच्छ रुपमा व्यवसायीक प्रतिपर्धा गर्न निर्देशन दिएको थियो । कसैले कसैको गाडी संचालनमा अवरोध सृजना नगर्ने र त्यस्तो गर्नेहरु माथि कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले समितिका पदाधिकारीहरुलाई कार्यकक्षमै वोलाएर निर्देशन दिएका थिए ।

जहाँ राप्ती अंचल समितिका अध्यक्ष सुरेश हमाल र मालिका कालिका प्रालिका अध्यक्ष सुमन पोख्रेल लगायत अन्य समितिका पदाधिकारीहरुले पनि उक्त निर्देशनलाई परिपालना गर्ने भनि हस्ताक्षर समेत गरेका थिए । तर स्थानिय प्रहरी प्रशासनका सामु गरेको प्रतिवद्धता पटक(पटक उलंघन हुँदै जाँदा र भौतिक रुपमै सवारी माथि आक्रमण हुँदा समेत प्रहरीले दोषीमाथि कारवाही भने गर्न नसक्नु दुःखद पक्ष भएको प्रालिका पदाधिकारीहरु गुणासो गर्छन । मालिका कालिका प्रालिले पाँच वटा नयाँ डिलक्स वस भित्याउँदै गर्दा पनि लमही, घोराही लगायतका स्थानमा आक्रमण भएको थियो । हाल प्रालिका सात वडा नयाँ डिलक्स वसहरु भित्रिएका छन् । उक्त त्रासकै कारण मालिका कालिका प्रालिले आफ्नावसहरु शसस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरमा दुई दिन सम्म सुरक्षाका लागि राखेको थियो ।

पुस १८ गते सेवा उद्घाटनको दिनमा काँग्रेस नेता एवं सांसद बुद्धिराम भण्डारी उद्घाटनमा जान खोज्दा राप्ती समितिकै पदाधिकारीहरुले उनको निवासमै पुगेर चार घन्टा जति घेराउ गरी उद्घाटनमा नजान दवाव दिएका थिए । तर राप्ती समितिका अध्यक्ष सुरेश हमाल भने प्रालिका वसहरुमा जस्ले र जहाँ आक्रमण गरेपनि राप्ती समिति माथि नै आरोप लगाउनु अन्याए भएको वताउँछन् । उनले आफूहरुले स्वच्छ व्यवसायीक प्रतिपर्धा गर्ने जानकारी दिँदै आफूहरुले अर्काै समितिका गाडी आक्रमण गर्ने भन्ने कुरा कल्पना वाहीरको भएको प्रतिक्रिया दिए ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते