२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रशासनका सामु गरेको प्रतिवद्धता उलंघन

२२ पुष २०७२, बुधबार ०८:०९

 सन्तोषकुमार गुप्ता/ पुस, दाङ । मालिका–कालिकाले सेवा संचालन गर्नु भन्दा अघिल्लो दिन पुस १७ गते मात्रै स्थानिय प्रशासनले स्वच्छ रुपमा व्यवसायीक प्रतिपर्धा गर्न निर्देशन दिएको थियो । कसैले कसैको गाडी संचालनमा अवरोध सृजना नगर्ने र त्यस्तो गर्नेहरु माथि कारवाही हुने दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले समितिका पदाधिकारीहरुलाई कार्यकक्षमै वोलाएर निर्देशन दिएका थिए ।

जहाँ राप्ती अंचल समितिका अध्यक्ष सुरेश हमाल र मालिका कालिका प्रालिका अध्यक्ष सुमन पोख्रेल लगायत अन्य समितिका पदाधिकारीहरुले पनि उक्त निर्देशनलाई परिपालना गर्ने भनि हस्ताक्षर समेत गरेका थिए । तर स्थानिय प्रहरी प्रशासनका सामु गरेको प्रतिवद्धता पटक(पटक उलंघन हुँदै जाँदा र भौतिक रुपमै सवारी माथि आक्रमण हुँदा समेत प्रहरीले दोषीमाथि कारवाही भने गर्न नसक्नु दुःखद पक्ष भएको प्रालिका पदाधिकारीहरु गुणासो गर्छन । मालिका कालिका प्रालिले पाँच वटा नयाँ डिलक्स वस भित्याउँदै गर्दा पनि लमही, घोराही लगायतका स्थानमा आक्रमण भएको थियो । हाल प्रालिका सात वडा नयाँ डिलक्स वसहरु भित्रिएका छन् । उक्त त्रासकै कारण मालिका कालिका प्रालिले आफ्नावसहरु शसस्त्र प्रहरी वेश क्याम्प तुलसीपुरमा दुई दिन सम्म सुरक्षाका लागि राखेको थियो ।

पुस १८ गते सेवा उद्घाटनको दिनमा काँग्रेस नेता एवं सांसद बुद्धिराम भण्डारी उद्घाटनमा जान खोज्दा राप्ती समितिकै पदाधिकारीहरुले उनको निवासमै पुगेर चार घन्टा जति घेराउ गरी उद्घाटनमा नजान दवाव दिएका थिए । तर राप्ती समितिका अध्यक्ष सुरेश हमाल भने प्रालिका वसहरुमा जस्ले र जहाँ आक्रमण गरेपनि राप्ती समिति माथि नै आरोप लगाउनु अन्याए भएको वताउँछन् । उनले आफूहरुले स्वच्छ व्यवसायीक प्रतिपर्धा गर्ने जानकारी दिँदै आफूहरुले अर्काै समितिका गाडी आक्रमण गर्ने भन्ने कुरा कल्पना वाहीरको भएको प्रतिक्रिया दिए ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा