२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा पखालाका कारण तीन महिनाकी बालिकाको मृत्यु

२०७४, २४ माघ बुधबार ०६:११

माघ २४, रुकुम | रुकुम पूर्वमा तीन महिनाकी एक बालिकाको पखालाका कारण मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेराका श्यामबहादुर विककी तीन महिनाकी छोरीको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

केही समय पहिले यहाँ हिमपात भएपछि अत्यधिक चिसोका कारण पाँच दिनसम्म लगतार पखाला चलेर बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, रुकुम पूर्वका जनस्वास्थ्य अधिकृत शिव सार्कीले जानकारी दिनुभयो । बालिकाको गत आइतबार साँझ मृत्यु भएको भए पनि दुर्गम ठाउँ भएकाले ढिला गरेर सूचना आएको उहाँको भनाइ छ । 

चिसोका कारण अहिले पनि गाउँपालिका–१० को तकसेरामा धेरै जसो मानिसमा कोल्ड डायरियाको समस्या रहेको जनस्वास्थ्य अधिकृत सार्कीले बताउनुभयो । कोल्ड डायरियाले प्रकोपको रुप नलिएको भएपनि बिरामीको संख्या १५ देखि २० जनासम्म रहेको जानकारी आएको उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु