२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी

२५ माघ २०७४, बिहीबार ०७:१०

 माघ २५, ललितपुर |  जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ । 

ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो । एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिन लागिएको हो ।” 

प्रहरी निरीक्षक हाछेथुका अनुसार भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्नुका साथै अभिभावकलाई समेत सिकाउँछन् । 

उक्त परिसरले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ । प्याब्सनसँगको सहकार्यमा पहिले शिक्षकलाई तालीम दिने र ती शिक्षकबाट बालबालिकालाई सिकाउने उहाँको भनाइ थियो । 

अहिले विद्यालयको पाठ्यपुस्तकमा सडक नियम र अपनाउनुपर्ने सावधानीका विषय समेटिएको छैन ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य