२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा स्वास्थ्य बीमा दर्ता शुरु

२०७४, २५ माघ बिहीबार ०९:४३

माघ २५, बर्दिवास | महोत्तरीमा स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु भएको छ । 

आज बर्दिबासमा स्वास्थ्य बीमा बोर्डले आयोजन गरेको दत्र्ता शुभारम्भ समारोहमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास–१ का ७४ वर्षीय लोकनाथ भट्टराईलाई स्वास्थ्य बीमा परिचयपत्र प्रदान गर्दै दर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो । 

कार्यक्रमको शुभारम्भ गर्दै पोखरेलले संविधानले प्रत्याभूति गरेको स्वास्थ्यसम्बन्धी अधिकारको व्यावहारिक प्रयोगमा स्वास्थ्य बीमा कार्यक्रमले सघाउ पुर्याउने बताउनुभयो । अहिले स्वास्थ्य क्षेत्रमा देखिएका गुणस्तर, पहुँच र व्ययभारको समस्यालाई स्वास्थ्य बीमा कार्यक्रमले सम्बोधन गर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा बर्दिबास–३ की स्वास्थ्य बीमा दर्ता सहयोगी रञ्जना राईले सोही वडाका बासिन्दा पोखरेललाई बीमा परिचयपत्र उपलब्ध गराउनुभएको थियो । कार्यक्रममा जिल्लाकै ४ नं क्षेत्रका प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादव, २ नं प्रदेशबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्य शशिकला दाहाल, जिल्लाका प्रदेशसभा सदस्यहरु शारदा थापा, भरतप्रसाद साह र कौशलकुमार यादवले स्वास्थ्य बीमा कार्यक्रमले गरिब र विपन्न वर्गका नागरिक लाभान्वित हुने हुँदा कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा गुणराज लोहनीले अहिले बीमा दर्ता सञ्चालन भएका जिल्लाका बीमाकर्ताले २०७५ साल जेठ १ गतेदेखि नै स्वास्थ्य सेवा पाउने जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीय तहका १३८ वडामा आजैदेखि दर्ता सहयोगी कार्यकर्ता परिचालन गरिएको छ । जिल्लाका स्वास्थ्य बीमा परिचयपत्रवाहकले महोत्तरीका बर्दिबास अस्पताल, जलेश्वर अस्पताल, गौशाला र रागोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र तथा धनुषाको जनकपुर अस्पतालसहित पाँच स्वास्थ्य संस्थामध्ये स्वेच्छिक रुपमा कुनै एकबाट उपचार सेवा लिन सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला