४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गोबरडिहा गाविसको २२ औँ गाउँ परिषद् सम्पन्न

२७ पुष २०७२, सोमबार ०५:३९

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । दाङ्ग क्षेत्र नंंम्बर १ की सांसद पार्वती डिसी चौधरीले गाउँ—गाउँमा विकासको लहर फैलाउन तत्काल स्थानिय निकायको निर्वाचन गरिनु पर्ने बताइएकी छिन् । गाविसमा जनप्रतिनिधि नहुँदा जनताले सोचे अनुरुप विकासको अनुभुति गर्न नपाएको बताउँदै सांसद चौधरीले स्थानिय निकायको निर्वाचनको विकल्प नरहेको बताईकी छिन् । 

new

गोबरडिहा गाउँ विकास समितीको आईतबार गाविस भवन गोबरडिहाको जेठानगाउँमा भएको २२ औँ गाउँ परिषद्को उद्घाटन गदै सांसद चौधरीले टाठाबाठा र बोल्न सक्ने व्यक्तिले विकासको बजेट लैजाने गरेको भन्दै पछिल्लो समयमा कर्मचारी तन्त्र हावी भएको बताईन् । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी सांसद चौधरीले कर्मचारीतन्त्र हावी भएकै कारण विकास निर्माणले गति लिन नपाएकोले गाविसमा प्रतिनिधित्व गर्ने दलहरु विकासको सवालमा दलगत स्वार्थ त्यागेर विकास निर्माणमा एक ढिक्क हुन आग्रह गरिन् ।

उनले जब सम्म हामी दलिय खिचातानी गछौँ तब सम्म जति बजेट आए पनि विकास निर्माण हुन सक्ने बताईन् । सांसद चौधरीले क्षेत्र नम्बर १ को विकासका लागि आफू मन्त्रालयमा पहल र गृहकार्य गरिरहेको समेत बताईन् । उनले विकास निर्माणमा सबै जनताहरु दलका नेता र सांसदहरुलाई खबरदारी गर्न आग्रह समेत गरिन् ।

परिषद्ले अगामी आर्थिक बर्ष २०७२÷०७३ का लागि १ करोड ६५ लाख २७ हजार ६ सय ५९ रुपैयाँको प्रस्तावित बजेट तथा आर्थिक बर्ष २०७३÷०७४ का लागि १ करोड ८१ लाख ८५ हजार ५ सय ८५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको छ । जस अन्र्तगत आर्थिक बर्ष २०७२÷०७३ को पुँजीगत खर्च तर्फ ४९ लाख ९५ हजार, सञ्चालन खर्च तर्फ ९० लाख २१ हजार ४ सय, समाजिक सुरक्षाभत्ता वितरण तर्फ ८१ लाख ६० हजार, जिविस अनुदान खर्च १५ लाख ५० हजार र आन्तरिक सा्रेत तर्फ ११ लाख ६१ हजार २ सय ५० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले १३ वटा योजनाका लागि ११ लाख ९७ हजार २ सय २२ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले २१ वटा योजनाहरुका लागि ७ लाख ९८ हजार १ सय ५२ रुपैयाँ बजेट वनियोजन गरेको छ ।

जस अन्र्तगत साना योजना तर्फ सिँचाईका लागि २ लाख, विद्युत विस्तारका लागि १ लाख, सड्क निर्माण तथा मर्मतका लागि १ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम ९ वटा कार्यक्रमका लागि ४ लाख ४३ हजार ४ सय १८, बालबालिका लक्षित तर्फ ८ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ २४ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ रुपैयाँ विनियोजन गरेको छ ।

जस अन्र्तगत जनजाति तर्फ १ लाख ५० हजार, दलित तर्फ ९० हजार, मधेसी पिछडा वर्ग तर्फ ९० हजार, अपाङ्ग तर्फ ६० हजार र जेष्ठ नागरिक तर्फ ६० हजार बजेट विनियोजन गरेको छ र त्यसैगरी कृषि लक्षित कार्यक्रम तर्फ १६ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, अन्य खर्च तर्फ २ लाख १५ हजार १ सय २६ र विविध खर्च तर्फ १ लाख ६० हजार ८ सय २५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

परिषद्ले आर्थिक बर्ष २०७३÷०७४ का लागि पुँजीगत खर्च तर्फ ५० लाख ९५ हजार, सञ्चालन खर्च तर्फ ९८ लाख ७१ हजार ४ सय, समाजिक सुरक्षाभत्ता वितरण तर्फ ८९ लाख १४ हजार ४ सय, जिविस अनुदान खर्च २० लाख, ३० हजार र आन्तरिक सा्रेत तर्फ ९ लाख ७२ हजार १ सय ८५ रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत तर्फ भौतिक विकास निर्माण अन्र्तगत ठुला योजनाहरुका लागि ६० प्रतिशतका दरले ६ वटा योजनाका लागि ११ लाख ९७ हजार २ सय २७ र साना तथा प्रर्वद्धनात्मक योजनाहरुका लागि ४० प्रतिशतका दरले २४ वटा योजनाहरुका लागि ७ लाख ९८ हजार १ सय ५२ रुपैयाँ बजेट वनियोजन गरेको छ ।

जस अन्र्तगत साना योजना तर्फ सिँचाई तथा खानेपानी तर्फ २ लाख, विद्युत विस्तारका लागि १ लाख २५ हजार, सड्क निर्माण तथा मर्मतका लागि २ लाख ५५ हजार र अन्य साना भौतिक सुधार तर्mि २ लाख १८ हजार १ सय २५ रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी लक्षित बर्ग कार्यक्रम तर्फ महिला लक्षित कार्यक्रम १४ वटा कार्यक्रमका लागि ४ लाख ४३ हजार ४ सय १८, बालबालिका लक्षित तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६, बिपन्न आदीबासी, जनजाति, अपाङ्ग, मधेसीमुस्लिम लगायत अन्य वर्गका तर्फ २२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ रुपैयाँ विनियोजन गरेको छ ।

जस अन्र्तगत जनजाति तर्फ १ लाख ५० हजार, दलित तर्फ ९५ हजार, मधेसी पिछडा वर्ग तर्फ ९५ हजार, अपाङ्ग तर्फ ६० हजार र जेष्ठ नागरिक तर्फ ६५ हजार १ सय २६ रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी कृषि लक्षित कार्यक्रम तर्फ १२ वटा कार्यक्रमका लागि ६ लाख ६५ हजार १ सय २६ र विविध खर्च तर्फ १ लाख ६० हजार ८ सय २५ रुपैयाँको बजेट विनियोजन गरेको छ ।

गाविस सचिव बुद्धिमान चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी पूर्व सभासद् रश्मीराज नेपालीले विकासका नाममा कोही कसैले पनि राजनिति गर्न नहुने बताएका थिए । उनले विकासका लागि राज्यको ठोस निति र अनुगमन पक्षलाई बलियो बनाउँदै बजेट निकास प्रक्रिया सहज बनाउनु पर्ने बताएका थिए ।

गाविस बोर्ड सदस्य तथा गोबरडिहा स्वास्थ्य चौकी इन्चार्ज रामसिंह मण्डलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा गोबरडिहा गाविसका निर्वतमान अध्यक्ष सहजराम यादव, राजनितिक दलको तर्फबाट थरुहट तराई पार्टीका सनिराम चौधरी, विद्यालयका तर्फबाट सरस्वती उच्च माविका प्रचार्य कुलचन्द्र पौडेल, बुद्धिजिवी बिष्णुप्रसाद योगी, साना किसान सहकारी संस्थाका अध्यक्ष रामसुरत बर्मा, जेष्ठ नागरिक पद्मप्रसाद शर्मा, दलित सचेतना अभियानका संयोजक बेगम गहत्तराज, महिला सञ्जालकी अध्यक्ष शुशिला चौधरी, वार्ड नागरिक मञ्चकी संयोजकद्धय शान्ति चौधरी, बीरबहादुर महत्तरा र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन गाविसका सहलेखापाल कुलराज कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य