2026-09-14 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो

माघ २५, रुकुम | ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा रहेको छ । 

बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पंखामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको छ । 

बुधबार दिउँसो काठमाडौँबाट रुकुम सिधा उडान भरेको जहाज ल्याण्डिङपछि पार्किङ गर्ने क्रममा हाइड्रोलिक पाइप फुटे पनि जहाज दुर्घटनाबाट बचेको थियो । यदि आकाशमै हाइड्रोलिक पाइप फुटेको भए ठूलो क्षति हुन सक्ने सम्भावना रहेको सुरक्षाकर्मीले बताएका छन् । बुधबार काठमाडौँबाट बिहान १० बजेर ५५ मिनेटमा उडेको जहाज सल्ले एयरपोर्टमा मध्याह्नको १२ बजेर १० मिनेटमा अवतरण भएको थियो । हाइड्रोलिक पाइप फुटे पनि अन्य क्षति भने नभएको बताइएको छ । 

नाइन एनएबिटी नम्बरको जहाज काठमाडौँ–रुकुम र रुकुम–नेपालगञ्ज उडान भर्ने कार्यतालिका थियो । जहाज बिग्रिएपछि नेपालगञ्ज जान टिकट लिएर तयार भएका यात्रु एयरपोर्टबाट घर फिर्ता भएका थिए । रुकुम सल्ले विमानस्थलमा नेपाल वायु सेवाको मात्र उडान हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले