४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

बज्जिका भाषा विकास समारोह भव्यका साथ मनाउने निर्णय

२५ माघ २०७४, बिहीबार १२:११

अभिमनु कुमार पटेल/माघ २५, रौतहट । विश्व मातृ भाषा दिवशको अवसर विगत ३ वर्षदेखि मनाउदैं आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाउने निर्णय गरिएको छ । 

रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहल ग्रामिण शिक्षा विकास नेपाल रौतहट (रेड नेपाल) ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानको लागि जिल्लाभरि विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गरि समारोह भव्यतका साथ संचालन निर्णय गरेको छ । 


जिल्ला समन्वय समिति रौतहटका उप प्रमुख रामअशिस राय यादवको अध्यक्षतामा बसेको बैठकले मातृ भाषाको जर्गेना तथा संस्कृतिको संरक्षणका लागि बज्जिका भाषा विकास समारोहको परिकल्पना भई नियमित रुपमा मनाउदैं आएकोमा यस बर्ष हर्षस उल्लासका साथ सबैको सहभागितामा समरोह संचालन गर्ने निर्णय गरिएको हो । 

बज्जिका भाषा विकास समारोह २०७४ लाई सफल पार्न जिल्लाका सबै विद्यालयहरुमा मातृभाषा कविता, हाजरि जवाफ, निबन्ध, अन्र्तक्रिया लगायतका अन्य कार्यक्रमहरु संचालनका लागि अनुरोध गर्ने तथा समारोह संचालन हुने फागुन ९ गते तदनुसार २१ फरबरीका दिन विहान प्रभातफेरी पश्चात दिउसो समारोह संचालन हुने आयोजक संस्थाका सल्लाहकार एवम समारोह संचालन समितिका संयोजक योगेन्द्र प्रसाद यादवले जानकारी दिनु भएको छ । 

समारोह सफलका लागि आयोजना गरिने जिल्लाका सबै स्थानिय निकाय तथा देशमा संचालनमा रहेको दातृ निकायहरु त्था व्यक्तिहरुमा समारोह एवम समारोह सम्बन्धि विभिन्न कार्यक्रमहरुमा सहयोग जुटाउन तथा समारोह संचालन गर्न बैठकले पूर्व प्रअ एवम तत्कालिन नेपाल शिक्षक युनियनका अध्यक्ष योगेन्द्र यादवको संयोजकत्वमा सदस्य सरोज कुमार लाल दास, रामसागर साह, विपिन विहारी सिंह, राकेश कुमार यादव लगायत ९ सदसिय समारोह संचालन समिति गठन समेत गरेको छ ।

समारोह तयारीका लागि बसेको बैठकमा युनेस्को नेपालका पूर्व सहायक महासचिव एवम पूर्व प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर कुमार सिन्हा, राजनैतिकदलका विन्देश्वर राय यादव, बज्जिका प्रतिष्ठानका अध्यक्ष रामसागर साह, बज्जिका प्रशिक्षक विपिन विहारी सिंह, गौर नगरपालिका सामाजिक विकास शाखाका सरोज कुमार लाल दास, कलाकार विजय यादव र्निविज, बज्जिका पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष राकेश कुमार यादव, केन्द्रिय सदस्य अमित ठाकुर, बज्जिकाबाणीका दिनेश संगम, प्लान नेपालका जितेन्द्र कुशवाहा, आरडिसी नेपालका मोमताज राय भाट, रिपोर्टस कलब नेपाल रौतहटका अभिमन्यु पटेल, अभियान नेपालका मोहमद प्रवेज आलमको सहभागिता रहेको संस्थाका पूर्व अध्यक्ष जय प्रकाश यादवले जानकारी दिनु भएको छ । 

बज्जिका भाषा विकासका लागि संस्थाले लगातार रुपमा स्थापनाकाल देखि नै कार्य गर्दै आएकोमा सबै सहभागिहरुले संस्थाको उत्तोरउत्तर प्रगतिको कामना समेत गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ