२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाराभेटर एशोसन देउखुरीको साधारणसभा सम्पन्न

२७ पुष २०७२, सोमबार ०५:४८

सन्तोषकुमार गुप्ता, पुस २७, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ ।

एशोसनका क्षेत्रिय समिती अध्यक्ष चन्द्र खनालको अध्यक्षता एवम् एशोसनका जिल्ला अध्यक्ष निमकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको साधारणसभामा बोल्ने बक्ताहरुले नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन निजी क्षेत्रमा कार्यरत एग्रोभेट व्यवसायहरुको छाता संगठन भएकोले देशभरि पशुपालक किसानहरुका लागि परिचालन भएको बताएका थिए । उनीहरुले सरकारी क्षेत्रका कर्मचारी र निजी क्षेत्रका कर्मचारी बीच अझै पनि विभेद रहेकोले त्यसको अन्त्य हुनु पर्ने बताएका थिए ।

एशोसनका क्षेत्रिय समितीका सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका केन्द्रिय पार्सद मोहन केसी, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, लमही कृषि सेवा केन्द्रका प्रमुख महेश अधिकारी, पशुसेवा केन्द्र लमहीका उपप्रमुख शिवराज न्यौपाने, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एशोसनका क्षेत्रिय समिती सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने