२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चालकलाई ट्राफिक प्रमुखले भने सेकेण्ड—सेकेण्डमा ध्यान दिनुस्

२०७२, २७ पुष सोमबार १६:२५

traffic news

सन्तोषकुमार गुप्ता । दाङ २७ पुस । सवारी दुर्घटना अधिकांश चालकको लापर्वाहीका कारण हुने गरेको भन्दै दाङमा प्रहरीले चालकलाई प्रशिक्षण दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार घोराहीको बसपार्कमा करिब ४५ जना चालकलाई भेला गराई दुर्घटनाबाट बच्न र बचाउन प्रशिक्षण दिएको हो ।

जिल्ला भएका अधिकांश सवारी दुर्घटना चालककै लापर्वाही कारणले हुने गरेको भन्दै ट्राफिक प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताउनु भयो । वसपार्कमा चालकहरुलाई सिट क्षमता भन्दा बढी यात्रु नबोक्न, गति सिमित गर्न, हुस्सु लागेको बेला बत्ती बालेर सवारी चलाउन र मादक पदार्थ सेवन गरेर गाडि नचलाउन र साईड बत्तीहरुको प्रयोगमा ध्यान दिन सिंहले आग्रह गर्नु भयो । चालकहरुले पनि होसियारी र नियमलाई पालना गरेर सवारी चलाउने प्रतिबद्धता जनाएका थिए । मध्यपश्चिम क्षेत्र कै धेरै दुर्घटना र क्षति हुने जिल्लाकोरुपमा चिनिने दाङमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम पालनालाई कडाई गरिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिनु भयो ।

सानो लापर्वाहीले ठूलो क्षति हुन सक्ने भन्दै प्रहरीले क्षमता भन्दा धेरै यात्रु बोकेको गाडिलाई रोकेर बुझाउने र सिट क्षमता अनुसार यात्रु बोक्न निर्देशन दिदै आएको छ । गएको बुधबार नारायणपुरमा वस दुर्घटना हुदा ८ जनाको मृत्यु र २१ जना घाईते भएपछि प्रहरीले सवारी जाँच र नियम पालनामा कडाई गरेको छ । यसैविच प्रहरीले महिला र अपांगहरुका लागि छुट्याईएको सिटको कार्यान्वयन भए नभएको समेत निगरानी गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते