२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

२६ माघ २०७४, शुक्रबार ०६:१६

माघ २६, राजविराज | स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ । 

स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतलाई गर्भवती तथा सुत्केरी महिलाले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवा सुविधा पाउन नसकेकाले आवश्यक व्यवस्था गर्नुपर्ने, आमा सुरक्षा कार्यक्रमअन्तर्गत गर्भावस्थामा तोकिएको मितिमा चार पटक गर्भ जाँच गराएबापत पाउनुपर्ने रु ४०० तथा सुत्केरी गराउन सरकारी स्वास्थ्य संस्थामा गएबापत पाउनुपर्ने यातायात खर्च कुनै अवरोधबिना समयमा पाउनुपर्ने मागसमेत गरिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन सशक्त बनाउनुपर्ने, राजविराज नगरपालिका क्षेत्रमा प्रभावकारी रुपमा लामखुट्टे नियन्त्रण, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबाट पाउने निःशुल्क औषधि वितरण प्रभावकारी नभएको र सप्तरी जिल्लाको अधिकांश स्वास्थ्य चौकीमा वडापत्र नरहेको भन्दै नियमित सुधार हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

बिपी विचार समाजका अध्यक्ष रामकुमार यादव, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, ग्रिन नेपालका अध्यक्ष खेलानन्दकुमार दास, शिक्षा यूनेस्को केन्द्रका अध्यक्ष रमेशप्रसाद शाह, जिल्ला मतदाता अधिकार मञ्चका सचिव सीता प्रसाद यादवसहितका उपस्थितमा जिल्ला जनस्वास्थ्य कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो