२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जाडो छल्न ३० विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

२६ माघ २०७४, शुक्रबार ११:४४

दान बहादुर बुढा/माघ २५, मुगु । उच्च हिमाली जिल्ला मुगुमा मंसिर महिनादेखी फाल्गुन महिना सम्म निकै जाडो हुने भएको हुँदा जाडो छल्नको लागी बिद्यार्थिहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।


ब्याक टु लाइृफ जर्मनि को आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हिरिण्डेक नामक स्थानिय गैर सरकारी संस्थाको सहजिकरणमा मुगु जिल्लाको खत्याड गाँउपालिकामा रहेका प्राथामिक बिद्यालयमा अध्यानरत बाल विकास केन्द्र देखी कक्षा ५ सम्म पढ्ने १९ बटा बिद्यालय र सोरु गाँउपालिकामा रहेका ९ बिद्यालय तथा छाँयानाथ रारा नगरपलिका महाकाली उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत सुस्त श्रवण भएका र प्राथामिक बिद्यालय बालमन्दिर चैनमा अध्ययनरत दृश्टी बिहीन बिद्यार्थि गरीहरुका लागि न्यानो लुगा वितरण गरिएको संस्थाले जनाएको छ । 


विभिन्न ३० वटा बिद्यालयमा अध्ययनरत २ हजार ४ सय ३८ जना बिद्यार्थिहरुलाई चिसो बाट बच्नको लागी पाईन्ट,सट र सुईटर बितरण गरीएको तथा बिद्यालयमा शैक्षिक सामाग्री,खेलकुद सामाग्री, तथा भौतिक पूर्वधार सम्बन्धी ७ बर्ष पहिला बाट काम गर्दै आईरहेको मानव अधिकार तथा वातावरण बिकास केन्दका कार्याक्रम संयोजक नवराज रावतले बताए ।

आर्थिक अवस्था कमजोर रहेका घर परिवारका बालबालिकालाई जाडोको समयमा वितरण गरिएको न्यानो कपडाले निकै राहत प्रदान गरेको छ भने विद्यालय नआउने बालबालिका पनि कपडा वितरण पछि नियमित आउन थालेका छन । 


यसरी संस्थाले एक जना विद्यार्थीलाई दुई हजार पाँच सय बराबरका कपडा वितरण गरे देखि विद्यालय आउने बालबालिकाको संख्यामा वृद्धि भएको बताईएको छ । 

विद्यालय भर्ना अभियानका समयमा कपडा वितरण गर्दा विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको रावतले जनाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य