2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आफ्नै भतिजाद्वारा काकामाथी सांघातिक आक्रमण

भास्कर केसी/माघ २६, कञ्चनपुर । कञ्चनपुरमा आफ्नै भातिजको कोकको बोतल प्रहारबाट काका गम्भीर घाइते भएका छन् । 

भिमदत्त नगरपालिका १३ पिपरैया बस्ने डम्बर दत्त भट्टका ३० बर्षीय छोरा तिर्थ राज भट्ट र ३३ बर्षीय राम प्रशाद भट्टले विहिबार विहान १० बजे ६० बर्षीय आफ्नै काका जय राज भट्टलाई कोकको बोत्तलले हिर्काएर घाईते बनाएका हुन् ।

घाइते भट्टको भारतको खटिमा स्थिीत तपन अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ । उनको टाउकोको हड्डी क्रयाक भएको अस्पतालले जनाएको छ ।

दुवै आरोपीहरुको नाममा ज्यान मार्ने उद्योग दर्ता गरी कारवाही अगाडि बढाएको र एक जना आरोपीलाई प्रहरीले प्रक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेटीले जानकारी दिए ।

घरायसी विवादलाई लिएर उनीहरुले यो भन्दा पहिले पनि पटकपटक आक्रमण गर्न खोजेका भएपनि सफल हुन सकेको थिएनन् । घर नजिकै रहेको साझा चौराहा पसलमा बसिरहेका बेला उनीहरुले आक्रमण गरि घाइते बनाएको बताइएको छ । उनको स्वास्थ्यमा सुधार आउन अझै  १० दिन लाग्ने अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ