२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा शिक्षकमाथी कुटपीट

२६ माघ २०७४, शुक्रबार १६:००

चिसाङ शेर्पा | माघ २६, खोटाङ | कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै लामीडाँडा गाउँपालिकास्थित विश्वज्योती माविका प्रधानाध्यापक चन्द्रनारायण यादवमाथी कुटपिट भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका नेताले शिक्षकलाई कुटपिट गरेका हुन् । माघ २५ गतेदेखि २७ गतेसम्महुने मिलन राई स्मृति प्रतिष्ठानको कार्यक्रम गर्न प्रधानाध्यापकले बिद्धालयमा कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै शिक्षकमाथी बिहीबार अनेरास्ववियुमा संलग्न ब्यक्तिहरुले कुटपीट गरेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

विद्धालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयबाट पठनपाठन अवरोध हुने भन्दै कार्यक्रमस्थल नदिन भनेपछि आफुले विद्यार्थीको पढाइलाई अवरोध गरेर कार्यक्रमस्थल उपलब्ध गराउँन नसक्ने बताएपछि अनेरास्ववियुका खड्गीराम राई लगायतका केहि नेताले कुटपिट गरेको प्रअ यादवले बताए ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष खेमराज देउसालीले सामान्य भनाभन मात्र भएको तर, प्रअमाथी कुटपीट नभएको बताएका छन् । प्रअसँग भनानन गर्ने व्यक्ति अनेरास्वीयूसंग सम्बन्धित छैन् उनले भने । अधिराम राईलगायतको टोलीले विद्यालयको गेटसमेत तोडफोड गरेको जनाईएको छ ।

प्रअमाथी कुटपीट गर्ने खड्गीराम राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्धालयले कार्यक्रमस्थल उपलव्ध नगराएपछि मिलन राई स्मृति प्रतिष्ठानको कार्यक्रम अन्य ठाँउमा भईरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो