१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कुटपिटबाट दाङमा एक युवकको मृत्यु

२८ पुष २०७२, मंगलवार ११:४१

पुस २८, दाङ । कुटपिटवाट घाइते एक जना व्यक्तिको पाँच दिन पछि उपचारका क्रममा मृत्यु भएको छ । श्रीगाउँ–४ थपगाउँ निवासी ४१ वर्षे ध्वजवहादुर केसीको स्थानीय युवाहरुको कुटपिटवाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

केसीलाई पुस २३ गते स्थानीय चारजना मदिरा सेवन गरेका यूवाहरुले कुटपिटगरी शक्त घाइते वनाएका थिए । घाईते केसीको उपचारका क्रममा मंगलवार विहान सवा १ बजे कोहोलपुर मेडिकल कलेज वाँकेमा मृत्यु भएको प्रहरीले बताएको छ ।

मदिरा सेवनगरेका युवाहरुको कुटपिटवाट मृतक केसीको टाउकोमा गंभिर चोट लागेको थियो । राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि केसीलाई कोहलपुर रेफर गरिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । श्रीगाउँ—४ थपगाउँमा रहेको कृष्ण केसीको किराना पसलमा पुस २३ गते मृतक केसी सहित पसल संचालक माथि स्थानीय चार जना यूवाहरुले कुटपिट गरेका थिए । कुटपिटमा सम्लग्न चार जना युवाहरुलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा श्रीगाउँ(५ सिमठाना निवासी प्रविण चौधरी, सुमन चौधरी, रमेशलाल महतो र सुमन खड्का रहेको प्रहरीले वताएको छ । पक्राउ परेका सबैको उमेर २० देखि २३ वर्ष सम्मको रहेको प्रहरीले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति? मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक जना युवकको मृत्यु रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन