२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ: सार्वजनिक स्थलमा सुर्तीजन्य गतिविधि गरेमा पाँचसय जरिवाना

२८ माघ २०७४, आईतवार १६:०८

चिसाङ शेर्पा/माघ २८, खोटाङ । जिल्लामा पन्ध्रदिन भित्रमा सार्वजनिक स्थल र निकायमा जथाभावी सुर्तीजन्य पदार्थ सेवनमा निराकरण गरिने भएको छ । 

बिशेषगरी स्मोकिङ जोन नभएका होटल, चोक, सरकारी कार्यालय, बिद्धालयमा १५ दिनसम्म निराकरण गरिने र पन्ध्रदिनपछी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरेमा नैतिक तथा पाँचसय रुपैयाँ आर्थिक कारवाही गरिने भएको छ ।

स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल शाखा खोटाङले आईतबार पत्रकार सम्मेलन गर्दै मानविय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने सुर्तीजन्य गतिबिधीमा न्युनिकरण गर्नका लागि कारवाहीको नीति बनाएको हो । शुरुवातमा सदरमुकाम दिक्तेल बजारका होटल, चोक, विद्धालय र सरकारी कार्यालयमा त्यस्ता गतिविधिलाई न्युनिकरणका लागि फ्लोअप गरिने सञ्जालका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।


माघ २८ गतेबाट पन्ध्रदिन सञ्जालका पदाधिकारी तथा स्थानिय सञ्चारकर्मीले सुर्तीजन्य गतिविधिलाई निगरानी गर्नेछ । उनले भने, त्यसपछि पनि त्यस्ता गतिविधि पाईएमा रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगर सफाई अभियान’ अन्तरगत सञ्चालन गरीरहेको कारवाही अभियानलाई थप शसक्क्त बनाइनेछ ।

रुपाकोट मझुवागढी नगरपालिकालाई सफा बनाउने उद्देश्यका साथमा नगरपालिका र होटल व्यवसायीले दिक्तेल बजारका होटलहरुमा स्मोकिङ जोन बनाएर मात्रै सुर्तीजन्य पदार्थ सेवन गर्न महिनादिन अघि नियम बनाएको थियो । 

यद्यपी, ब्यवसायीहरु अटेरी  गर्दै अझैपनि होटलमा स्मोकिङ जोन नबनाई सार्वजनिक स्थलमै सुर्तीजन्य पदार्थ प्रयोग भइरहेकाले त्यसका लागि कडारुपमा सञ्जाल खट्ने उपाध्यक्ष अनिल आचार्यले बताए ।

सञ्जालले आईतबार बिहान दिक्तेलमा सुर्तीजन्य पदार्थ रोकथाम सम्बन्धी गरेको छलफलमा सहभागीहरुले निराकरणमा आफैबाट शुरु गर्नुपर्ने बताएका थिए । पशुपंक्षीले सम्म नखाने कुरालाई हामी खान्छौ अनि, हामी नै निराकरण लागि बहस गछौ लज्जासपद कुरा एक सहभागीले बताए ।

सञ्जालको यस क्रियाकलापलाई जिल्लाका सञ्चारमाध्यम, पत्रकार, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, रुपाकोट मझुवागढी नगरपालिकाले सहयोग गर्ने बताएका छन् । 

कार्यक्रममा जिल्ला समन्यव समिति संयोजक बबी चाम्लिङ, रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला अस्पताल खोटाङका प्रमुख डाः राम बहादुर केसीले स्वास्थ्य अधिकार र सुर्तीजन्य क्रियाकलापलाई रोकथाम गर्नमा सहयोग गर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो