२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रेडक्रस लालमटिया उपशाखाको निर्वाचन माघ १७ गते हुने

२०७२, १० माघ आईतवार ०८:५४

सन्तोषकुमार गुप्ता/ माघ १०, भालुवाङ ।  नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको यही माघ १७ गते नयाँ कार्य समिती चयन गर्न निर्वाचन हुने भएको छ । 

माघ १६ गते हुने ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशनमा सर्वसहमतिको सम्भावना कम देखिए पछि निर्वाचनको मिति तय गरे संगै निर्वाचन प्रक्रिया समेत अगाडि बढाएको छ । उपशाखा सभापति गंगाराम भट्ठराईको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमको बिशेष उपस्थीतिमा भएको बैठकले अगामी चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा जाने निर्णय गरेको हो ।

redcross - dang district

बैठकले निर्वाचन सम्पन्न गर्न संस्थाको विधान अनुसार उपशाखाको निर्वाचनका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरेको छ । साथै माघ १६ गते शनिबार लालमटियाको रेडक्रस भवन मसुरियामा बिहान ११ बजे ८ औँ उपशाखा सभा तथा तेस्रो अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा उपशाखाका कार्य समिती सदस्यहरु बिन्दु ज्ञवाली, महेश रिजाल, शान्ता अधिकारी, शान्तराज शर्मा, महेश अधिकारी, समाजसेवी दोर्ण भुसाल, देवराज न्यौपाने र पत्रकार सन्तोषकुमार गुप्ता लगायतकाले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण उपशाखाका सचिव प्रमोद पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी