2026-07-27 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला

उमा के.सी. / रोल्पा, २९ माघ | श्रीमानको वैदेशिक रोजगारीमा रहेको बेला खाडीमा निधन भएपछि रोल्पा नगरपालिका–१ की शान्ति विक पनि घरबाट निकालिइन् । श्रीमान् खाने अलच्छिनीको आरोपसहित ८ वर्ष घर सम्हालेर बसेकी उनी घरमा बस्न नपाउने गरी निकालिइन् । 

श्रीमानको मृत्युपछि सासू–ससुरासँगै बाँकी जीवन जिउने उनको संकल्प पूरा हुन पाएन । ६ वर्षीया छोरी च्यापेर कानुनी लडाइँका लागि अदालत धाइन् । जिल्ला अदालत र पुनरावेदन अदालतले उनलाई अंश पाउने गरी न्याय दिए पनि परिवारले भने अहिलेसम्म सम्पत्ति त के घरमा बस्नसमेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिएपछि विरक्तिएर उनी अहिले अर्काको घरमा बस्दै आएकी छिन् । 

ट्र्याक्टर दुर्घटनामा श्रीमानको मृत्यु भएपछि रोल्पा कोटगाउँकी निरा विक दिनरात घरेलु हिंसाको शिकार भइन् । श्रीमान् छँदै सासूससुरासँग छुट्टिएर बसेको उनको परिवारमा एक छोरीसमेत थिइन् । श्रीमान्को मृत्युपछि दुर्घटना बीमाबापत आएको रकमसमेत उनले बुझ्न पाइनन् । दुखजिलो गरेर जोडेका भाँडाकुँडा, लत्ताकपडासमेत घरबाट निकालेर लगेपछि उनीलाई घरमा बस्न सक्ने वातावरण भएन । न्यायका लागि सदरमुकाम धाइन् । एकल महिला समूहको सहयोगमा अहिले उनी काठमाडौंको एक गार्भेन्टमा काम गर्छिन् । एक छोरीसँग साथमै रहेकी उनी श्रीमान्को मृत्युपछि जन्म दिने माइत र कर्म दिने घरलाई छाडेर धेरै टाढा बस्न बाध्य छिन् । 

मादक पदार्थ सेवन गर्ने श्रीमान्को दिनानु दिनको हिंसा सहन नसकी रोल्पा भावाङकी अञ्जु खत्री श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्दै आइरहेकी थिइन् । दिनहुँ मादक पदार्थ सेवन गर्ने श्रीमान्को मृत्यु भएपछि उनी सामाजिक हिंसामा पर्न थालिन् । छिमेकीले समेत उनका बारेमा नानाथरी कुरा गर्न थाले । घरेलु हिंसाबाट मुक्त भएकी उनी सामाजिक हिंसाको चपेटामा पर्न थालेपछि गाउँमा बस्न नसक्ने भइन् । जिल्ला सदरमुकाममा घरेलु कामदारका रूपमा काम गरिरहेकी उनी हिंसा पीडित अर्की पात्र हुन् । 

महिला यसरी नै घरेलु हिंसा र सामाजिक हिंसाको दोहोरो चपेटामा छन् । श्रीमान्को मृत्युपछि उनीहरू नारकीय जीवन जिउन बाध्य भएका छन् । दश वर्ष लामो द्वन्द्वमा देशमै सबभन्दा धेरै मानवीय क्षति भएको रोल्पामा धेरै महिला एकल भएका छन् । रोजगारीका लागि खाडी जाने रोल्पालीको संख्यामा भएको वृद्धि सँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । गरिबीका कारण विदेश जान बाध्य उनीहरू जोखिमपूर्ण काम गर्न समेत बाध्य हुने गरेका छन् । जोखिमपूर्ण काम गर्न बाध्य कैयौँ रोल्पाली लास बनेर फर्किएका कारण एकल हुने महिलाको संख्यासमेत बढिरहेको छ । एकातिर श्रीमान् गुमाएको पीडा अर्कातिर घरेलु हिंसाको यातनाले यहाँका एकल महिलालाई महिला अधिकार र मानव अधिकार आकाशको फल आँखा तरी मर भएको छ । लोकतान्त्रिक गणतन्त्रले समेत आफूहरूलाई छुन नसकेको एकल महिलाले प्रतिक्रिया दिएका छन् । 

पछिल्लो राजनीतिक परिवर्तनमा आफ्ना श्रीमान्ले जीवन बलिदान गरे पनि आफूहरू भने झन् नारकीय जीवन जीउन बाध्य भएको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले गुनासो गर्नुभयो । आफूहरू पीडित एकल महिलाका लागि कानुनी लडाइँ लडिरहेको भए पनि त्यो पर्याप्त नभएको उहाँले बताउनुभयो । श्रीमतीको मृत्युपछि दोस्रो विवाह गर्ने लोग्ने मान्छेले राज्यले उपलब्ध गराउने राहत पाइरहेको तर एकल महिलालाई भने दोस्रो विवाह गर्ने बित्तिकै राज्यले दिने राहत कटौती गर्ने गरेको प्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । रासस

घरको मुख्य मान्छेको मृत्युपछि एकल महिलामा पारिवारिक जिम्मेवारीको बोझ थपिएको बेला घरेलु हिंसाले जीवनलाई निकै कष्टकर बनाइरहेको छ । उनीहरू घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलमा भाँडा माझ्ने तथा गिट्टी फोरेर दैनिकी चलाउन बाध्य भएका छन् । रोल्पामा माओवादी युद्धमा श्रीमान् गुमाएका महिलाको संख्या ३२३ जना रहेको छ । यसैगरी अन्य कारणले श्रीमान् गुमाएका महिलाको संख्या जिल्लामा छ हजार ५०० भन्दा बढी रहेको एकल महिलाको क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली