२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निर्वाचन प्रक्रिया अगाडी बढाईयो

१० माघ २०७२, आईतवार ०९:०८

माघ १०, दाङ । निर्वाचन अधिकृतको जिम्मेवारी पाए लगत्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमले शुक्रबार नै निर्वाचन तालिका सार्वजनिक गर्नुका साथै निर्वाचन प्रक्रिया अगाडी बढाएका छन् । एक सभापति र आठ सदस्य पदका लागि निर्वाचन गरिने छ । जस अनुसार माघ १७ गते मतदान गर्ने गरी शुक्रबार नै निर्वाचन तालिका सार्वजनिक गरेका छन् ।

जस अनुसार आईतबार कुल मतदाता अर्थात आजिवन सदस्यहरुको पटक पटक मतदाता नामवली प्रकाशन, माघ १३ गते दिउसो १२ बजे देखि २ बजे सम्म मतदाता नामवलीमा नाम थप तथा संशोधनका लागि आवेदन दर्ता, सोही दिन दिउँसो २ बजे देखि ४ बजे सम्म आवेदन उपर जाँचबुझ तथा संशोधित मतदाता नामवली प्रकाशन, सोही दिन नै दिउँसो २ बजे देखि ४ बजे सम्म मतदाता नामवली उपर दावी बिरोध र सोही दिनै ४ बजे देखि ५ बजे सम्म उजुरी उपर जाँचबुझ तथा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ ।

त्यसैगरी माघ १६ गते १० बजे देखि १२ बजे सम्म उम्मेदारको मनोनयन—पत्र दर्ता, सोही दिन दिउँसो १ बजे उम्मेदारको पहिलो नामवली प्रकाशन, सोही दिन १ बजे देखि २ बजे सम्म उम्मेदवारी मनोनयन—पत्र माथि दाबी बिरोध, सोही दिन २ बजे देखि साढे २ बजे सम्म दाबीबिरोध उपर जाँचबुझ तथा उम्मेदवारको संशोधित नामवली प्रकाशन, सोही दिन साढे २ बजे देखि ३ बजे सम्म उम्मेदवारले मनोनयन—पत्र फिर्ता लिने, सोही दिन नै ३ बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन, चुनाव चिन्ह प्रदान गर्ने, माघ १७ गते बिहान १० बजे सम्म चुनाव प्रचारप्रसार गर्ने, माघ १७ गते बिहाना ११ बजे देखि साँझा ५ बजे सम्म मतदानको समय निर्धारण गरेको छ । साथै मतदान पछि सोही दिन नै मतगणा शुरु गरी मतपरिणाम सार्वजनिक गरी बिजय उम्मेद्धार घोषणा गर्ने निर्वाचन अधिकृत तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखामा अहिले सम्म कुल ३ सय ७८ मतदाता अर्थात आजिवन सदस्यहरुका छन् । सभापति पदका लागि एक बर्ष अनिवार्य कार्यसमिती सदस्य भएको र सदस्य पदका लागि कम्तीमा आजिवन सदस्य लिएको दुई बर्ष पुरा भएको व्यक्तिले मात्र उम्मेद्धारी दिन पाउने प्रबाधान रहेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…