२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

निर्वाचन प्रक्रिया अगाडी बढाईयो

२०७२, १० माघ आईतवार ०९:०८

माघ १०, दाङ । निर्वाचन अधिकृतको जिम्मेवारी पाए लगत्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमले शुक्रबार नै निर्वाचन तालिका सार्वजनिक गर्नुका साथै निर्वाचन प्रक्रिया अगाडी बढाएका छन् । एक सभापति र आठ सदस्य पदका लागि निर्वाचन गरिने छ । जस अनुसार माघ १७ गते मतदान गर्ने गरी शुक्रबार नै निर्वाचन तालिका सार्वजनिक गरेका छन् ।

जस अनुसार आईतबार कुल मतदाता अर्थात आजिवन सदस्यहरुको पटक पटक मतदाता नामवली प्रकाशन, माघ १३ गते दिउसो १२ बजे देखि २ बजे सम्म मतदाता नामवलीमा नाम थप तथा संशोधनका लागि आवेदन दर्ता, सोही दिन दिउँसो २ बजे देखि ४ बजे सम्म आवेदन उपर जाँचबुझ तथा संशोधित मतदाता नामवली प्रकाशन, सोही दिन नै दिउँसो २ बजे देखि ४ बजे सम्म मतदाता नामवली उपर दावी बिरोध र सोही दिनै ४ बजे देखि ५ बजे सम्म उजुरी उपर जाँचबुझ तथा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको छ ।

त्यसैगरी माघ १६ गते १० बजे देखि १२ बजे सम्म उम्मेदारको मनोनयन—पत्र दर्ता, सोही दिन दिउँसो १ बजे उम्मेदारको पहिलो नामवली प्रकाशन, सोही दिन १ बजे देखि २ बजे सम्म उम्मेदवारी मनोनयन—पत्र माथि दाबी बिरोध, सोही दिन २ बजे देखि साढे २ बजे सम्म दाबीबिरोध उपर जाँचबुझ तथा उम्मेदवारको संशोधित नामवली प्रकाशन, सोही दिन साढे २ बजे देखि ३ बजे सम्म उम्मेदवारले मनोनयन—पत्र फिर्ता लिने, सोही दिन नै ३ बजे उम्मेदवारको अन्तिम नामवली प्रकाशन, चुनाव चिन्ह प्रदान गर्ने, माघ १७ गते बिहान १० बजे सम्म चुनाव प्रचारप्रसार गर्ने, माघ १७ गते बिहाना ११ बजे देखि साँझा ५ बजे सम्म मतदानको समय निर्धारण गरेको छ । साथै मतदान पछि सोही दिन नै मतगणा शुरु गरी मतपरिणाम सार्वजनिक गरी बिजय उम्मेद्धार घोषणा गर्ने निर्वाचन अधिकृत तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका मन्त्री मदन गौतमले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखामा अहिले सम्म कुल ३ सय ७८ मतदाता अर्थात आजिवन सदस्यहरुका छन् । सभापति पदका लागि एक बर्ष अनिवार्य कार्यसमिती सदस्य भएको र सदस्य पदका लागि कम्तीमा आजिवन सदस्य लिएको दुई बर्ष पुरा भएको व्यक्तिले मात्र उम्मेद्धारी दिन पाउने प्रबाधान रहेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी