२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

जलाएर, एसिड छर्केर गरिने हिंसाका घटना बढेकामा चिन्ता व्यक्त

२९ माघ २०७४, सोमबार ०८:३८

माघ २९,  ललितपुर | नेपालमा प्रत्येक वर्ष ठूलो संख्यामा मानिस आगलागी वा अन्य रसायनको ज्वलनमा परी अकालमै निधन वा घाइते हुने गर्छन् । तीमध्ये अधिकांश भवितव्यबाट नभई सुनियोजित रुपमा भएका घटनाबाट पीडित भए पनि उनीहरुले समयमै न्याय पाउन नसकेको सरोकारवालाहरुले बताएका छन् । 

बिभिएस नेपाल नामक संस्थाद्वारा सञ्चारकर्मीका लागि आयोजित अग्नि हिंसाजस्ता लैंगिक हिंसा विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी वक्ताले महिला र युवतीविरुद्ध हुने हिंसामध्ये जलाएर र रसायन (एसिड) छर्केर गरिने हिंसाका बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । यस्ता घटना अत्यन्त क्रुर र पीडादायी हुने तथा समयमै उपचार र न्याय नपाउने गरेकाले पीडितहरुको पक्षमा सहयोग र पैरवी गरिनुपर्ने उहाँहरुको भनाइ छ । 

जलनका घटना पीडितमा शारीरिक असक्षमता, कुरुपता, दीर्घकालीन स्वास्थ्य जटिलता, मानसिक आघात हुने र सामाजिक अपहेलना व्यहोर्नु पर्ने हुँदा कतिपयले आत्महत्यासमेत गर्नु परेको भन्दै यस्ता विषयमा सञ्चार माध्यमले संवेदनशीलता देखाउँदै समाचारमा प्राथमिकता दिनुपर्ने धारणा वक्ताहरुको थियो । 

बिभिएस नेपालका अनुसार नेपालमा वर्षमा करिब ५६ हजार व्यक्ति अर्थात् प्रत्येक दिन १५३ जना, प्रतिघण्टा छजना र प्रत्येक १० मिनेटमा एकजना आगलागीमा परी घाइते हुने गर्छन् । 

नेपालको ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेमध्ये जलनको घाइते दोस्रो नम्बरमा पर्छन् । जसबाट अंगभंग भएकामध्ये पाँच प्रतिशत घाइते जलनका कारणले भएको पाइन्छ । जनवरी २०१० देखि हालसम्म २४९ भन्दा बढी (१७९ जना महिला र बालबालिका) पीडित भएको तथ्यांक छ । तीमध्ये करिब ५५ प्रतिशतले गहिरो घाउका कारण ज्यान गुमाइसकेको सो संस्थाले जानकारी दिएको छ । 

कार्यक्रममा युनिसेफ नेपालका दीपक श्रेष्ठले जलनबाट पीडितलाई कानूनी र मनोवैज्ञानिक उपचारको खाँचो रहेको बताउँदै मिडियाले घटनाको एकपटक समाचार दिएर नपुग्ने, त्यसको ‘फलो–अप’ गरिरहनुपर्नेमा जोड दिनुभयो । 

बिभिएस नेपालका अध्यक्ष सुलक्षण रानाले जनवरी २०१४ देखि हालसम्म ४० जना महिला तथा बालबालिका जलनसम्बन्धी हिंसाको शिकार भएकामा एकाध घटनामात्रै सञ्चार माध्यममार्फत सार्वजनिक भएको बताउनुभयो । 

त्रिवि शिक्षण अस्पतालका डा ईश्वर लोहनीले समाजमा घरेलु हिंसाजन्य जलनका घटना बढ्दै गए पनि घटना लुकाउने वा अन्य कारणबाट भएको भन्ने गरेकाले पनि समयमै कानूनी उपचार पाउन कठिन भएको उल्लेख गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य