<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

<"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ५ महिने सिलाइ कटाई तालिम सुरु

२९ माघ २०७४, सोमबार १०:०३

माधव बेल्वासे/माघ २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ५ महिने सिलाइ कटाइ तालिम सुरु गरिएको छ । 


महिलाहरु वेरोजगार तथा चुलो चौकोमात्र सिमित रहेकोले व्यावसाय तथा आत्मनिर्भर गराउन नगरपालिकाले यस्तो कदम चालेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले वताए ।सिप सिकाएर आफ्नो व्यावसाय संचालन गरेमा जिविको पार्र्जनको लागी सहज हुने अधिकारीले जिकिर गरे ।

नगर प्रमुख अधिकारीले सिकेका कुरालाई व्याभारमा उतारेर आफ्नै व्यावसाय संचालन गर्न सहभागीहरु लाई आग्रह गरे ।सिलाई कटाई वाट राम्रो आम्दानी गर्न सकिने भएकाले यो सिपलाई व्याभारीक रुपमा ल्याई काम गर्नुपर्नेमा जोड दिए ।

शिवराज नगरपालिकाको सहयोग र दियालो नेपाल कपिलवस्तुको आयोजनामा भएको उक्त तालिम ५ महिना सम्म चल्ने छ ।महिला तथा किशोरीहरुको लागी यो सुनौलो अवशर रहेको नगर उपप्रमुख शिवकुमारी थारुले वताइन ।

सिलाई कटाई  सिकेपछि आफ्नै घरमा पनि यो व्यावसाय गर्न सकिने भएकाले यो महत्वपुर्ण तालिम रहेको जिकिर गरिन ।तालिममा २२ जनाको सहभागीता रहेको छ ।

कार्यक्रममा हिमपात सहकारीकी कविता आचार्य,नगर कार्यपालिका सदस्य शान्ता सेन,वडा न ५ का अध्यक्ष अर्जुन पाण्डे,समाजसेवी क्षेत्र वहादुर खत्री लगाएतले तालिममा सिकेका कुरालाई व्याहाभारमा उतार्ने उद्देश्यले सहभागी हुन आग्रह गरेका थिए । 

दियालो नेपालका अध्यक्ष कमला भुषालको अध्यक्षता, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्ता,उपमेयर शिवकुमारी थारु,कार्यपालिका सदस्य सिवि गहतराज लगाएतको सहभागीता रहेको कार्यक्रमको संचालन प्रेमकला पौडेलले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै