२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

मास्कमाण्डु–३ अभियानमा उत्साहपूर्ण सहभागिता

२९ माघ २०७४, सोमबार १०:४९

माघ २९, ललितपुर | वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको ‘मास्कमाण्डु–३’ अभियानलाई सर्वसाधारणले साथ दिएका छन् । यस अभियानमा युवा, शैक्षिक संस्था, आमनागरिक, वातावरणविद् तथा समाजका अग्रणीहरुको उत्साहपूर्ण सहभागिता बढ्दै गएको छ । 

गत माघ २५ गतेदेखि साताव्यापीरुपमा सञ्चालन गरिएको यस अभियानअन्तर्गत उपत्यकाका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागी श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिएको छ । हालसम्म चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र माइतीघरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको स्वच्छ ऊर्जा नेपालका प्रवन्ध निर्देशक राजन थापाले जानकारी दिनुभयो । 

बिहान ९:०० देखि ९:३० बजेसम्म वायु प्रदूषणसम्बन्धी जानकारीमूलक सन्देश र नारा लेखिएका ब्यानर, प्लेकार्डसहित मूलचोकमा उभिएर सहभागीहरुले सफा र स्वच्छ काठमाडाँै बनाउनका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्दैै दायित्वबोध गराउने गरेका छन् । 

नेपालको संविधान २०७२ को धारा ३० मा उल्लेख भएअनुसार स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता माग गर्ने अभियानको रुपमा यस अभियानलाई लिइएको निर्देशक थापा बताउनुहुन्छ । 

सन् २०१६ र २०१७ मा मास्कमाण्डु पहिलो र दोस्रोपछि वायुको गुणस्तर सुधारका लागि केही नीतिगत व्यवस्था भएपनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएको हुँदा सचेतनाका लागि ‘मास्कमाण्डु–३’ को अभियानको आयोजना गरिएको उहाँको भनाइ छ । 

‘मास्कमाण्डु–३’ अभियानले शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ(आफ्नोस्तारबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरेको छ । 

आगामी फागुन २ गते भृकुटीमण्डपबाट रत्नपार्कसम्म बृहद् र्याली र प्रदर्शनीका साथ यस अभियानको समापन हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य