2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिवरात्रीको अवसर पारी कञ्चनपुरमा प्रदेशस्तरिय औद्योगिक महोत्सव शुरु

कञ्चनपुर, माघ २९ गते 

७ नम्बर प्रदेश कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । सोमबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको खुलामञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । ७ नम्बर प्रदेशका प्रदेश प्रमुख मोहन राज मल्लले महोत्सवको उद्घाटन गर्नुभयो । 

महोत्सव उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले आर्थिक विकासका लागि मेला दाभदाय हुने बताए । प्रदेश प्रमुख मल्लले ७ नम्बर  प्रदेशको आर्थिक विकासका लागि राजनीतिक भन्दा माथि उठेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।  यस्तै महोत्सवमा नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले महोत्सवबाट आर्थिक विकासको अपेक्षा लिए । 

पुर्व वाणिज्य मन्त्री समेत रहेका माओवादी नेता लेखराज भट्टले आफ्नै पालामा दोधाराचाँदनीमा सुक्का बन्दरगाह घोषणा गरिएको बताउदै संचालनमा सरकारी तर्फबाट पहलहुनुपर्नेमा जोडदिए । प्रदेश सरकारले समेत आर्थिक क्षेत्र पहिचान गरेर अघि बढाउन उनले सुझाव दिए । कञ्चनपुर उद्योग वाणिज्य संघले स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रर्बद्धन र व्यापार बृद्धिका लागि औद्योगिक व्यापार महोत्सव आयोजना गरिएको जनाएको छ । 

कञ्चनपुर उद्योग वाणिज्य संंघका अध्यक्ष सुरेश रावलले ७ नम्बर प्रदेशका ९ वटै जिल्लाबाट उत्पादित बस्तु तथा सेवाको प्रर्दशन गरिने बताए । उनका अनुसार स्थानीय पर्यटन प्रर्बद्धनका लागि टुर प्याकेज कार्यक्रम समेत संचालन गरिने भएको छ ।  यस क्षेत्रका स्थानीय कला, संस्कृती खाद्य परिकारको समेत प्रर्बद्धन गरिएको छ । मेलामा विभिन्न सेवा तथा बस्तुका १ सय ५० स्टलमा दैनिक उपभोग्य समाग्री, गारमेण्टका समाग्री, ईलेक्टोनिक्स, अटो मोबाईल, कृषिका आधुनिक औजार सामाग्री बाल उद्यान दुग्धजन्य बस्तु लगायतको व्यापार हुने छ ।  ७ नम्बर प्रदेश सबै जिल्लाको कला संस्कृती र बस्तु तथा सेवाको प्रर्दशनका साथै छिमेकी मुलुक भारतको उत्तराखण्ड बनबासा, टनकपुर खटिमा क्षेत्रका कलाकारले समेत कला प्रस्तुत गरिनेछन् । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव जोशीले महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको कारोबार हुने बताए । उनका अनुसार महोत्सव अवधिमा ५ करोड भन्दा बढिको कारोबार हुने अनुमान गरिएको छ ।  

आयोजकले ६२ लाख, ५० हजार आम्दानी गर्ने र २६ लाख, ५० हजार नाफा गर्ने अनुमान गरिएको उनले बताए ।  मेलामा विश्वबाट लोपोन्मुख हुन डाईनासोर, विद्यार्थीले बनाएको हेलिकेप्टरको समेत प्रर्दशन गरिएको छ ।  

१० दिनसम्म संचालन हुने महोत्सवमा २ लाख दर्शनले अवलोकन गर्ने आयोजकले जनाएको छ ।  महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत २५ र साधारण तर्फ ५० रुपैया टिकट निर्धारण गरिएको छ । मेला फागुन ९ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ